शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • योगेश भट्टराईले भने- ओलीको अजेन्डा प्रतिगमन गर्ने दरबारियाहरूको जस्तै

योगेश भट्टराईले भने- ओलीको अजेन्डा प्रतिगमन गर्ने दरबारियाहरूको जस्तै

नेकपा (दाहाल–नेपाल समूह)का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गर्ने दरबारियाहरूले बोकेका अजेन्डा बोकेर हिँडिरहेको आरोप लगाएका छन्। 
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

काठमाडौं- नेकपा (दाहाल–नेपाल समूह)का नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगमन गर्ने दरबारियाहरूले बोकेका अजेन्डा बोकेर हिँडिरहेको आरोप लगाएका छन्।

मार्क्सवादी ज्ञान केन्द्रको आयोजनामा भएको संसद् विघटन र समाजवादी क्रान्तिको मार्गचित्र विषयक अन्तरक्रिया एवं कम्युनिस्ट स्कुल पुस्तक लोकार्पण कार्यक्रममा उनले यस्तो बताएका हुन्। 

‘संसद्लाई अर्थहीन थलोका रूपमा केपी ओलीले राख्न थाल्नु भएको छ,’ उनले भने, ‘आन्तरिक लोकतन्त्रलाई उहाँले स्थापित गर्नु भएन, विचारको बहसलाई स्वीकार्नु भएन।’

अब बन्ने पार्टीले सबै कुरालाई सम्बोधन गर्ने नेता भट्टराईको भनाइ छ। 

‘नेकपामा अब पूर्णरूपमा आन्तरिक लोकतन्त्र सुरक्षित हुनेछ। अब गाउँगाउँसम्म नेताकार्यकर्ता आफैं निर्माण हुनेछन्,’ उनले भने, ‘तर ओलीले बनाउने पार्टीमा कुनै लोकतन्त्र हुने छैन, हुल्लडबाज र गुन्डाले कब्जा गर्नेछन्।’

उनले केपी ओलि समूहले पार्टीको नाम लुटिरहेको आरोपसमेत लगाएका छन्। 

नेता भट्टराईले संविधानमाथि थिचोमिचो भएको बताए। उनका अनुसार प्रतिनिधिसभाको निर्वाचन हुन्थ्यो तर, समय नआइकन त्यो कदम चालिएको छ। ‘यो अवस्थाले नेपालको राजनीति र कम्युनिष्ट आन्दोलन कता जान्छ भन्ने चिन्ता अहिले भइरहेको छ,’ उनी भन्छन्, ‘संविधान हामी आफैंले जन्माएको हुनाले हामी यसको रक्षाका लागि अहिले जुटेका हौं।’ 

प्रकाशित: Jan 23, 2021| 08:25 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।