शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दाहाल–नेपाल समूहले माघ १५ गते बुुटवलमा शक्ति प्रदर्शन गर्ने

दाहाल–नेपाल समूहले माघ १५ गते बुुटवलमा शक्ति प्रदर्शन गर्ने

काठमाडौंमा शक्ति प्रदर्शन गरेको नेकपा दाहाल–नेपाल समूहले लुम्बिनी प्रदेशमा पनि प्रदर्शन गर्ने भएको छ। 
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

वुटवल- काठमाडौंमा शक्ति प्रदर्शन गरेको नेकपा दाहाल–नेपाल समूहले लुम्बिनी प्रदेशमा पनि प्रदर्शन गर्ने भएको छ। 

प्रतिनिधिसभा पुनस्थापना र प्रधानमन्त्री केपि शर्मा ओलीको प्रतिगामी कदमकाविरुद्ध माघ १५ गते बुटवलमा विरोध प्रदर्शन गर्न लागेको नेकपा दाहाल–नेपाल समूहले जनाएको छ। 

सो समूहको नेकपा लुम्बिनी संघर्ष समितिले शनिबार बुुटवलमा पत्रकार सम्मेलन गरी प्रधानमन्त्री ओलीले संविधान, लोकतन्त्र र प्राप्त उपलब्धिलाई विनाश गर्न लागेकाले विरोध प्रदर्शनमा उत्रेको बताएको छ।

संघीय राजधानीमा शक्ति प्रदर्शन गर्दै ओलीविरुद्ध खनिएको दाहाल नेपाल समूहले प्रदेशमा पनि त्यसैगरी आफ्नो शक्ति प्रर्दशन गर्ने दाबी गरेको छ। 

पत्रकार सम्मेलनमा नेकपाका स्थायी कमिटि सदस्य तथा दाहाल–नेपाल समूहका लुम्बिनी इन्चार्ज युवराज ज्ञवालीले प्रतिनिधिसभा विघटन गरेर ओलीले व्यवस्था, लोकतन्त्र र संविधानलाई जोखिममा पारेकाले बुटवलमा प्रदर्शन गर्न जुटेको जानकारी दिए। 

उनले कपी ओलीले कम्युनिष्टको खोल ओढेर कम्यूनिष्ट पार्टी, संविधान र गणतन्त्रलाई सिध्याउन लागिपरेको आरोप लगाए। 

‘लोकतन्त्र र संविधानमाथि गम्भिर प्रहार भएको छ, यो प्रतिगामी कदमविरुद्ध जनता सडकमा उत्रन्छन्’, उनले भने, ‘अब बुटवलबाट निर्णायक आन्दोलन हुन्छ।’

उनले प्रधानमन्त्री ओलीलाई नवौं महाधिवेशनबाट तत्कालिन एमालेको अध्यक्ष बनाउनु नै ठूलो गल्ती भएको बताए। 

‘ओली पहिल्यैदेखि लोकतन्त्र, गणतन्त्र विरोधी थिए, हामीले सच्चाउन खोज्यौं, तर उनले जनताले ल्याएको परिवर्तनमाथि नै ‘कु’ गरेँ’, उनले भने। 

नेता ज्ञवालीले आफूहरू नै सच्चा कम्युनिष्ट पार्टी भएको बताउँदै केपी ओली नेतृत्वको पार्टी कम्युनिष्ट हुनै नसक्ने जिकिर गरे। 

‘जसरी केशरजंग रायमाझीले राजा महेन्द्रको कुुलाई समर्थन गरेर कम्यूनिष्ट आन्दोलनलाई बदनाम बनाए, त्यो भन्दा माथि गएर कम्युनिष्ट प्रधानमन्त्रीका रुपमा ओलीले संविधानलाई नै कुु गरेँ’, नेता ज्ञवालीको आरोप छ। 

उनले प्रधानमन्त्री ओलीलाई अब कुनै पनि ठाउँ दिन नहुने बताए। ‘जति सच्चिए पनि केपी ओलीलाई अध्यक्ष र प्रधानमन्त्री स्विकार गर्न सकिन्न’, उनले भने, ‘अब केपी ओली नो भन्नुपर्छ।’ 

उनले संसद विघटन असंवैधानिक भएकाले जनताको बलमा नै पुनस्थापना गर्ने बताए। ज्ञवालीले अब काठमाडौंपछि प्रदेश र जिल्ला हुँदै गाउँ तहसम्म आन्दोलन चर्काउदै लगेको जानकारी दिए।  

बुटवलमा हुने विरोध प्रदर्शनलाई अध्यक्षद्धय पुुष्पकमल दाहाल, माधव नेपाल, घनश्याम भुसाल लगायतका नेताहरुले सम्बोधन गर्ने नेकपा लुम्बिनी संघर्ष समितिका संयोजक एंव केन्द्रीय सदस्य ठाकुर गैरेले बताए।  
 

प्रकाशित: Jan 23, 2021| 06:53 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।