शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् पुनर्स्थापना पहिलो प्राथमिकता : महामन्त्री कोइराला

संसद् पुनर्स्थापना पहिलो प्राथमिकता : महामन्त्री कोइराला

 कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्।
 |  शनिबार, माघ १०, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ १०, २०७७

कञ्चनपुर- कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन्। 

कञ्चनपुरको महेन्द्रनगरमा आज बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिष्ट पार्टी फुटी नसकेको र निर्वाचन आयोगले दिने चुनाव चिह्नलगायतका कारणले निर्वाचन हुने स्पष्ट नरहेको धारणा राखे।

‘हाम्रो आग्रह संसद् पुनर्स्थापनाका लागि हो’, कोइरालाले भने, ‘पहिलो प्राथमिकता संसद् पुनर्स्थापना हु्नुपर्छ भन्ने हो।’ त्यसैगरी पार्टी महाधिवेशन क्रियाशील सदस्यताको नामावली संकलन गर्न नसक्नु र अहिलेको राजनीतिक परिस्थितिले गर्दा समयमा हुन नसकेको उनले बताए।

‘जिल्ला–जिल्लाबाट आउनुपर्ने क्रियाशीलको नामावली अझै आउन सकेको छैन’, उनले भने, ‘समयमा निर्वाचन गराउन नसक्नु पार्टीको कमजोरी पनि हो।’ मातृशोकमा रहेका कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूलाई भेट्न महामन्त्री डा. कोइरालासहितका केन्द्रीय नेताहरूको टोली शुक्रबार साँझ कञ्चनपुर आइपुगेको थियो। 

प्रकाशित: Jan 23, 2021| 05:42 शनिबार, माघ १०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।