कर्णाली- यहाँका ७८ बालबालिकालाई शुक्रबार न्यानो ज्याकेट वितरण गरिएको छ।
बिलिभर्स ईस्टर्न चर्च समुदायअन्तर्गतको ‘होप फर चिल्डे«न’ ले वीरेन्द्रनगर नगरपालिकाभित्रका बालबालिकालाई न्यानो लुगा वितरण गरेको हो।
चिसोको समयमा विशेष गरी विपन्न बालबालिका बढी प्रभावित हुने भन्दै न्यानो ज्याकेट र गलबन्दी वितरण गरिएको बिलिभर्स चर्च सुर्खेतका ‘चर्च फादर’ पूर्ण वर्देवाले बताए।
‘हामीले ती बालबालिकालाई आठ वर्षदेखि पठनपाठनमा समेत सहयोग गर्दै आएका छौँ’, वर्देवाले भने, ‘कोरोना महामारीका कारण पठनपाठन सहयोगमा केही अवरोध खडा भए पनि चिसोबाट बच्न मद्दत पुगोस् भनेर कपडा उपलब्ध गराएका छौँ।’
– रासस