शनिबार, भदौ २०, २०८३

सिटिइभिटीको नाम बेचेर लाखौं ठगी

धनगढीमा लामो समयदेखि ठगी गर्दै आएका धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन्।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

धनगढी- धनगढीमा लामो समयदेखि ठगी गर्दै आएका धनगढी मल्टी स्किल इन्स्टिच्युट अफ टेक्नोलोजीका सञ्चालकसहित दुई जना पक्राउ परेका छन्।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाम बेचेर फर्जी इन्स्टिच्युट सञ्चालन गरेर विद्यार्थीबाट लाखौँ रकम ठग्ने सञ्चालक राजाराम चौधरी र उनका सहयोगी शिवकुमार चौधरी पक्राउ परेका हुन्। 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक बिष्टले अनुमति बिना गैरकानूनी रुपमा कलेज सञ्चालन गर्ने ३४ वर्षीय राजाराम चौधरीलाई कैलालीको लम्कीचुहा नगरपालिका–९, धनचैयाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले बताए।

जिल्लाको गौरीगंगा नगरपालिका–८, स्थायी ठेगाना भएका चौधरीलाई भिनाजुको घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले बताए। उनका सहयोगी कैलारी गाउपालीका–९ का ३३ वर्षीय शिवकुमार चौधरीलाई सोही ठाउँबाट पक्राउ गरेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए। 

उनीहरुले धनगढी उप–हानगरपालिका–१ की अनिता चौधरीको भारत बैंगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाणपत्र त्रिभुवन विश्वविद्यालय काठमाडौंबाट मान्यता दिलाउने भन्दै ५ लाख ठगी गरेर फरार भएका थिए। 

अनिता चौधरीले आफू ठगिएको भन्दै उनीहरुविरुद्ध जाहेरी दिएकी थिइन्। जाहेरीपछि ठगी मुद्दा दर्ता गरी खोजतलास गर्दै जाँदा दुवै जनालाई पक्राउ गर्न सफल भएको प्रहरी नायव उपरीक्षक बिष्टले बताए। 

यसअघि धनगढी उप–महानगरपालिका–८ स्थित सिटिभिटीबाट अनुमति लिएको भनी अभिभावक र विद्यार्थीलाई झुक्याएर मल्टिस्किल ईन्टिच्युट अफ टेक्नोलोजी प्रालिमा भर्ना गरी ११८ जनाबाट चौधरीले ४९ लाख लाख ८ हजार ४०० असुली गरेको भेटिएपछि प्रहरीले ठगी मुद्दा चलाएको थियो। 

सो मुद्दामा जिल्ला अदालतले २ महिना कैद र तीन लाख ८ हजार जरिवानाको फैसला सुनाएको थियो।

यस्तै, सोही इन्स्टिच्युटले विद्यार्थीको भर्ना शुल्क र मासिक शुल्क गरी १९ लाख ६५ हजार ४१४ रुपैयाँ ठगी गरेको भन्दै चौधरीविरुद्ध दोस्रो पटक प्रहरीले मुद्दा दर्ता गरेको थियो ।

प्रकाशित: Jan 22, 2021| 14:05 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।