शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विप्लव समूहले आगो लगाएको भवन बनाउन प्रदेश सरकारको पौने ३ करोड

विप्लव समूहले आगो लगाएको भवन बनाउन प्रदेश सरकारको पौने ३ करोड

कर्णाली प्रदेश सरकार कालिकोटको नरहरिनाथ गाउँपालिकाको भवन बनाउन पौने तीन करोड रकम दिने भएको छ।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

सुर्खेत- कर्णाली प्रदेश सरकार कालिकोटको नरहरिनाथ गाउँपालिकाको भवन बनाउन पौने तीन करोड रकम दिने भएको छ।

पुस २८ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेत्र विक्रम चन्द (विप्लव) समूहले ध्वस्त बनाएको गाउँपालिकाको भवन निर्माणका लागि २ करोड ७५ लाख बजेट निकासा दिने निर्णय गरेको सरकारका प्रवक्ता विमला केसीले जानकारी दिइन्।

‘गत वर्ष विप्लव समूहले आगजनी गरेर भवन ध्वस्त बनाएको थियो’ भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रीसमेत रहेकी केसीले भनिन्, ‘गाउँपालिका आफैले भवन निर्माण गर्न नसक्ने भएपछि प्रदेश सरकारले पौने ३ करोड रकम सहयोग गरेको हो।’ 

गाउँपालिकाले भवन निर्माणका लागि टेन्डर गरिसकेका कारण मन्त्रिपरिषद्ले आर्थिक मामिला तथा योजना मन्त्रालयलाई रकम निकासा दिने निर्णय गरेको छ।

विप्लव समूहले गाउँपालिकाको भवनमा आगजनी गरेको थियो। बन्दको अवज्ञा गरेको भन्दै ०७६ असार १० गते राति विप्लव समूहले गाउँपालिकाको कार्यालय, माल्कोटकोस्थित वडा नं.६ वडा र रुप्सामा रहेको वडा नं. ५ को वडा कार्यालयमा आगो लगाएको थियो।

आगजनीबाट २२ लाखको सोलार सिस्टम, फर्निचर, कम्प्युटरलगायत जिन्सी तथा कागजात गरी झण्डै तीन करोड मूल्य बराबरको क्षति भएको थियो।

प्रकाशित: Jan 22, 2021| 11:57 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।