शनिबार, भदौ २०, २०८३

गलत मार्गचित्रका कारण मुलुक संंकटमा : कमल थापा 

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्बन गरिएको  त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन्। 
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

हेटौंडा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले २०६२/०६३ पछि अवलम्बन गरिएको  त्रुटिपूर्ण मार्गचित्रका कारण मुलुक संकटको दलदलमा भासिएको बताएका छन्। 

मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शुक्रबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले कांग्रेस र कम्युनिस्टले लिएको गलत बाटोले मुलुकलाई अधोगतितर्फ लगेको बताएका हुन्। 

मुलुकलाई विकास र समृतितर्फ लैजान राप्रपालाई विकल्पको रुपमा स्थापित गर्नुपर्ने आवश्यकता रहेको थापाले बताए। 

गौरवशाली इतिहासलाई नष्ट गरेर मुलुक समृद्ध बन्न नसक्ने दाबी गर्दै थापाले धर्म, संस्कृति र पहिचान रक्षाको निमित्त नयाँ पुस्ता अग्रसर हुनुपर्ने बताए। 

राप्रपा राजासहितको प्रजातन्त्रको पक्षमा रहेको भन्दै थापाले भने, ‘निरंकुशताको पक्षमा राप्रपा छैन, अब मुलुकलाई अभिभावकीय जिम्मेवारी दिने राजसंस्था रहन्छ।’ 

राष्ट्रवादी शक्ति निर्माणमा राप्रपा लागिरहेको चर्चा गर्दै थापाले मुलुक बनाउन र बचाउन राप्रपा बलियो हुनैपर्ने विचार व्यक्त गरे। 

भ्रस्टाचार, धर्म परिवर्तन, सर्वसत्तावाद र बेरोजगारी अहिलेको प्रमुख समस्या भएको भन्दै थापाले मुलुकलाई निकास दिन सबै शक्ति र विचार अट्ने राज्य प्रणाली आवश्यक भएको बताए। 

कार्यक्रममा अध्यक्ष थापाले विभिन्न पार्टी परित्याग गरि राप्रपा प्रवेश गर्नेहरूलाई स्वागत पनि गरेका थिए।  
 

प्रकाशित: Jan 22, 2021| 11:52 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।