बुधबार, वैशाख ३०, २०८३

टोकियो ओलम्पिकबारे जापान सरकारका ३ विकल्प

जापान सरकारले आउँदो जुलाईमा हुने टोकियो ओलम्पिक दर्शकबिना नै सम्पन्न गर्न पहल सुरु गरेको छ।
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं– जापान सरकारले आउँदो जुलाईमा हुने टोकियो ओलम्पिक दर्शकबिना नै सम्पन्न गर्न पहल सुरु गरेको छ।

National life

कोरोना भाइरसको महामारी आउँदो जुलाईसम्म नसकिने आकलन गर्दैै उसले दर्शक सहभागी नगराउने प्रयास थालेको हो। केही जापानी अधिकारीको भनाइ उद्धृत गर्दै क्योदो न्युजले लेखेको छ, ‘अब जुलाईसम्म पूरा विश्व महामारीबाट मुक्त भइसक्न गाह्रो छ। यसकारण २३ जुलाईबाट हुने ओलम्पिक रद्द गर्नु वा सार्नुभन्दा दर्शकविहिन गराउनु उत्तम विकल्प हुनेछ।’

जापानी अधिकारीका अनुसार सरकारले तीन बुँदाहरुमा विचार गरिरहेको छ। एक समर्थकलाई रंगशालामा बन्देज नलगाउने, दोस्रो ५० प्रतिशत दर्शकलाई अनुमति दिने वा बन्द रंगशालामा खेल गराउने।

सरकारले सुरुआती तयारी समर्थकलाई खेल हेर्ने अनुमति दिने गरी सुरु गरे पनि टोकियो र अन्य ठाउँमा फैलँदो भाइरसका कारण खेल बन्द रंगशालामा गराउनु पर्ने विचार अघि आएको छ।

जापान मेडिकल एसोसिएसनका अध्यक्ष तोसिहो नाकागावाले कोरोनाको बढ्दो प्रभावका समयमा समर्थकलाई स्वागत गर्न नकिने बताएका छन्।

प्रकाशित: Jan 22, 2021| 11:42 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।