बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बिरामी भएको अभिनय गर्दै बग्दादमा आत्मघाती दुई बम विस्फोट, २८ जनाको मृत्यु 

बिरामी भएको अभिनय गर्दै बग्दादमा आत्मघाती दुई बम विस्फोट, २८ जनाको मृत्यु 

इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोटन भएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ। विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ।  
 |  शुक्रबार, माघ ९, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ ९, २०७७

काठमाडौं- इराकको राजधानी बग्दादको मध्य बजारमा बिहीबार दुईवटा आत्मघाती बम विष्फोटन भएको त्यहाँको एक सरकारी सञ्चार माध्यमले जनाएको छ। विस्फोटमा कम्तीमा २८ व्यक्तिको मृत्यु भएको बताइएको छ।  

National life

बग्दादको ताइरन स्क्वाएरमा रहेको प्रयोग भइसकेका कपडाको पुनः बिक्री गर्ने बजारमा भएको आक्रमणमा कम्तिमा २८ जनाको मृत्यु भएको र अन्य ७३ जना घाइते भएको स्थानीय अस्पतालका चिकित्सक तथा प्रहरी अधिकारीले पुष्टि गरेको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्।   

उक्त बजार महामारी नियन्त्रणका लागि झण्डै एक वर्षसम्म बन्द गरी हालै मात्र खोलिएको थियो। इराकी गृहमन्त्रालयको विज्ञप्तिमा प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै भनिएको छ, ‘पहिलो आत्मघाती आक्रमणकारी बिरामी भएको अभिनय गर्दै बजारमा आएको र उसलाई हेर्न मानिसहरू भेला भएका समय विस्फोट गराएको थियो भने थप व्यक्ति त्यस ठाउँमा पुगेको समय फेरि अर्को विस्फोट गराइएको थियो।’ 

घटनापछि उक्त स्थानमा पुगेका एएफपी फोटोग्राफरले जनाए अनुसार उक्त स्थानलाई तत्काल सुरक्षा बलले घेरा हालेको थियो। उनका अनुसार टाढाबाट हेर्दा घटनास्थलमा रगतले भिजेका लुगाहरू धुलाम्मे सडकहरूमा फैलिएका देखिन्थे।  

घटनास्थलमा तत्काल स्वास्थ्यकर्मीसमेत पुगेर दुर्घटनाग्रस्त स्थलबाट घाइतेहरूलाई प्राथमिक उपचारपछि अस्पताल  पुर्याउन सघाएका थिए। 

Laxmi sunrise bank
kumari

बिहीबारको आक्रमण वग्दादमा सन् २०१८ को जनवरीपछि भएको सबैभन्दा रक्तपातपूर्ण घटना हो। सन् २०१८ मा पनि सोही इलाकामा भएको यस्तै विस्फोटमा ३० जनाको ज्यान गएको थियो।  

प्रकाशित: Jan 22, 2021| 01:45 शुक्रबार, माघ ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।