बिहीबार, फागुन २८, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सत्तामा आएलगत्तै बाइडनले गरे ठूला फैसला, ट्रम्पका निर्णय उल्ट्याए 

सत्तामा आएलगत्तै बाइडनले गरे ठूला फैसला, ट्रम्पका निर्णय उल्ट्याए 

अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडनले सत्तामा आए लगत्तै पछिल्लो सरकारका कैयन फैसला उल्ट्याइदिएका छन्। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं- अमेरिकाका ४६ औं राष्ट्रपति जो बाइडनले सत्तामा आए लगत्तै पछिल्लो सरकारका कैयन फैसला उल्ट्याइदिएका छन्। 

National life

राष्ट्रपति नियुक्त भएको केही घन्टामै ओभल अफिस (राष्ट्रपति कार्यालय) पुगेका राष्ट्रपति बाइडनले पत्रकारहरुलाई प्रतिक्रिया दिंदै भने, ‘आज काम सुरु गर्ने दिन हो।’

त्यसपछि उनले विभिन्न कार्यकारी आदेशमा हस्ताक्षर गरे जसमध्ये सबैभन्दा महत्वपूर्ण हो– अन्तर्राष्ट्रिय पेरिस जलवायु सम्झौतामामा अमेरिका फेरि सहभागी हुने निर्णय। 

बाइडनले यसअघिका राष्ट्रपति डोनल्ड ट्रम्पका कैयन निर्णयहरु केही बेरमै उल्ट्याइदिएका छन्। 

बाइडनले मेक्सिकोसँगको सीमानामा पर्खाल लगाउने निर्णय उल्ट्याई दिएका छन्। त्यस्तै कोरोना भाइरस महामारी नियन्त्रण र रोकथामका लागि उनले सबै सरकारी कार्यलयमा मास्क अनिवार्य गराएका छन्, जुन निर्णय अनुसार अमेरिकी सरकारी कार्यालयमा प्रवेशका लागि मास्क लगाउनु अनिवार्य हुनेछ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यालय र अन्य स्थानमा धेरैजसो मास्क नलगाएको अवस्थामा देखिन्थे। 

Laxmi sunrise bank
kumari

त्यस्तै बाइडनले मुस्लिम बहुल देशमा लगाइएको यात्रासम्बन्धी प्रतिबन्ध पनि हटाएका छन्। उनले अमेरिकालाई विश्व स्वास्थ्य संगठनबाट अलग्याउने प्रक्रियामा पनि रोक लगाइदिएका छन्। 

बाइडनले कुल १५ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उनी पछिल्ला चार वर्षमा ट्रम्पले लागू गरेका नीतिलाई चाँडै उल्टाउने पक्षमा देखिन्छन्। 

यसअघि अमेरिकामा दुई राष्ट्रपतिले मात्रै आफूले पदभार ग्रहण  गरेकै दिन कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए।
अमेरिका अहिले कोरोना महामारीको ठूलो संकटसँग जुधिरहेको छ र देशको अर्थव्यवस्था नाजुक छ। बाइडनले आफ्नो कार्यकारी आदेशमार्फत आफू अमेरिकी समाज र अर्थव्यवस्थामा सुधार ल्याउन तत्पर रहेको सन्देश दिन चाहेका छन्। 

ओभल अफिसमा कार्यकारी आदेशमा हस्ताक्षर गरिरहँदा बाइडनले मास्क लगाएका थिए। उनले संघीय कार्यालयमा कर्मचारीहरुले अनिवार्य आपसी दूरी कायम गर्नुपर्ने नियम पनि बनाएका छन्। 

त्यस्तै बाइडनले आर्थिक संकट ब्यहोरिरहेका नागरिकका लागि आर्थिक सहयोगको पनि घोषणा गरेका छन्। 

कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि संघीय समन्वय कार्यालय बनाएका बाइडनले वैश्विक सुरक्षा र रक्षाका लागि ह्वाइट हाउसको राष्ट्रिय सुरक्षा परिषद निर्देशनालयलाई पुनः ब्युँत्याएका छन्। यो निर्देशनालयलाई ट्रम्पले बन्द गराएका थिए। 

शपथ ग्रहण समारोहपछि बाइडनले आफ्नो भाषणका क्रममा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुलाई श्रद्धाञ्जली दिंदै केही बेर  मौनधारण समेत गरेका थिए। 

भाषणमा उनले आगामी हप्तामा आफू ‘गति र तत्परतासाथ अघि बढ्ने’ बताए। उनले भने, ‘हामीले यो संकटको समयमा धेरै काम गर्नुपर्ने छ, महत्त्वपूर्ण सम्भावनाहरु छन्, सुधार गर्नुपर्ने ठाउँ धेरै छन् र हामीले धेरै कुरा हासिल गर्नुपर्ने छ।’

बाइडनले रंगभेदसम्बन्धी एउटा कार्यकारी आदेशमा पनि हस्ताक्षर गरेका छन्। यो आदेश अन्तर्गत प्रणालीगत रंंगभेदलाई बलियो बनाउने खालका सबै नीतिमाथि संघीय एजेन्सीहरुले समीक्षा गर्नेछन्। 

सन् २०२० मा ट्रम्पले दिएको जनगणना सम्बन्धी दुई आदेशलाई पनि बाइडनले रद्द गरिदिएका छन्। 
उनले न्याय विभागको स्वतन्त्रता कायम राख्नका लागि संघीय कर्मचारीलाई नैतिकताको प्रतिज्ञा गर्न पनि आदेश दिएका छन्। 

बाइडनले भनेका छन्, ‘अमेरिकामा हरेक व्यक्तिको आवाज सुनिनेछ। अमेरिका विभाजनकारी नीति, धार्मिक भेदभाव र नस्लवादलाई खारेज गर्दै आफ्नो एकजुट अनुहार विश्वसामू प्रस्तुत गर्नेछ। धर्म, जाति, नस्ल, रंगको पहिचानलाई अलग्याएर म प्रत्येक अमेरिकीको राष्ट्रपति बनेको छुृ।’

बाइडनका प्रेस सचिव जेन साकीले पहिलो दिनको फैसला संकेत मात्रै भएको र आगामी दिनमा अरु आदेश आउने तथा निर्वाचनका बेला गरिएका प्रतिवद्धता पूरा गरिने बताएका छन्।
एपी/एएफपी
 

प्रकाशित: Jan 21, 2021| 10:50 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।