मंगलबार, चैत १०, २०८२

त्रिविद्वारा स्नातक तहको भर्ना कार्यक्रम सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– त्रिभुवन विश्वविद्यालयले स्नातक तह अन्तर्गत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, मानविकी तथा सामाजिकशास्त्र संकाय, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकायको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ। 

National life

शैक्षिक सत्र २०७७–७८ का लागि विश्वविद्यलायको आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा वार्षिक प्रणाली अन्तर्गत विद्यार्थी भर्नाको कार्यक्रम सार्वजनिक गरेको हो। क्याम्पसहरुमा प्रथम वर्षका लागि विद्यार्थी भर्ना गरिने त्रिवि शिक्षाध्यक्षको कार्यालयले जनाएको छ।

त्रिविले माघ १२ गतेदेखि आवेदन फारम वितरण, आवेदन फारम बुझाउने तथा भर्ना हुने अन्तिम मिति फागुन १२ गतेसम्म तोकेको छ। यस वर्ष कक्षा सञ्चालन फागुन २५ गतेदेखि सुरु हुने र ०७८ कात्तिक मसान्तमा कक्षा समाप्त हुने त्रिविले जनाएको छ। 

विद्यार्थीले परीक्षा फारम भर्ने समय ०७८ भदौ मसान्तसम्म तोकेको छ भने परीक्षा सञ्चालन पुसमा गरी ०७९ वैशाखमा नतिजा निकाल्ने त्रिवि शिक्षाध्यक्षको कार्यालयले जनाएको छ। विद्यार्थीले रजिस्ट्रेसन फारम भने ०७८ वैसाख मसान्तसम्ममा बुझाउनुपर्ने हुन्छ ।

प्रकाशित: Jan 21, 2021| 07:48 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्