शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल–अमेरिका सम्बन्ध घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास

नेपाल–अमेरिका सम्बन्ध घनीभूत हुने राष्ट्रपति भण्डारीको विश्वास

राष्ट्रपति विद्यादेवी भण्डारीले जो वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हालेकामा बधाई ज्ञापन गरेकी छन्। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं-राष्ट्रपति विद्यादेवी भण्डारीले जो वाइडेनले अमेरिकाको ४६ औँ राष्ट्रपतिको कार्यभार सम्हालेकामा बधाई ज्ञापन गरेकी छन्। 

नेपाल–अमेरिका सम्बन्ध सुमधुर रहेको जनाउँदै राष्ट्रपति भण्डारीले आज उनलाई पठाएको बधाई सन्देशमा नेपालको सामाजिक–आर्थिक विकासका लागि अमेरिकाबाट प्राप्त सहयोगको सराहना गरेकी छन्। 

उन्नत एवं बहुआयमिक नेपाल–अमेरिका सम्बन्ध राष्ट्रपति वाइडेनको कार्यकालमा अझ विस्तृत एवं घनीभूत हुने विश्वास व्यक्त गर्दै उनले कोभिड १९ समस्या सम्बोधन गर्न नवनेतृत्वलाई सफलता मिल्ने कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। सन्देशमा राष्ट्रपति भण्डारीले आफ्ना अमेरिकी समकक्षीको कार्यकालको सफलताको कामना गरेकी छन्। 

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले कमला ह्यारिसलाई बधाई सन्देश पठाउँदै अमेरिकाको इतिहासमा प्रथम महिला उपराष्ट्रपति निर्वाचित भएकोमा प्रशंसा गरेका छन्। 

लैङ्गिक समानता, सामाजिक न्याय र जलवायु परिवर्तनजस्ता विषयलाई अमेरिकाको नयाँ नेतृत्वले प्राथमिकतामा राखेकामा उपराष्ट्रपति पुनले सराहना गरेका छन्।  

यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति वाइडेनको सक्षम नेतृत्वमा अमेरिकाले निरन्तर प्रगति र समृद्धि हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।  अमेरिकासँगको पुरानो मैत्री सम्वन्धलाई सबल तुल्याउने प्रतिबद्धता व्यक्त गर्दै सन्देशमा प्रधानमन्त्री ओलीले पारस्परिक हित र चासोका विषयमा द्विपक्षीय तथा अन्तर्राष्ट्रिय महत्वका मामिलालाई अघि बढाउन  बहुपक्षीय तहमा अमेरिकी नयाँ नेतृत्वसँग सहकार्य गर्ने नेपालको चाहना व्यक्त गरेका छन्।  

सहयोग, आर्थिक साझेदारी तथा दुई देशबीच जनस्तरको सम्बन्धमा आधारित नेपाल–अमेरिका सम्बन्धले आगामी वर्षमा नयाँ उचाइ चुम्ने विश्वास पनि उनले व्यक्त गरेका छन्।  

प्रकाशित: Jan 21, 2021| 06:20 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।