मंगलबार, साउन १९, २०८३

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका क्याम्पस प्रमुखको संयुक्त राजीनामा 

मध्यपश्चिमाञ्चल विश्वविद्यालयका चारवटा क्याम्पस प्रमुखले संयुक्त राजीनामा दिएका छन्। 
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

सुर्खेत- मध्यपश्चिमाञ्चल विश्वविद्यालयका चारवटा क्याम्पस प्रमुखले संयुक्त राजीनामा दिएका छन्। 

उपकुलपति नन्दबहादुर सिंहले क्याम्पस प्रमुखहरूलाई ज्यादतीपूर्ण व्यवहार गरेको भन्दै उनीहरुले राजीनामा दिएका हुन्।

क्याम्पस सञ्चालनमा उपकुलपतिले हस्तक्षेप गरेको, बजेट निकासा केन्द्रीय क्याम्पसबाटै हुने व्यवस्था गरेको, क्याम्पस सञ्चालनका लागि प्राध्यापकहरूको नियुक्त रोकेको लगायतका आरोप उनीहरुले लगाएका छन्।

मप विश्वविद्यालय अन्तर्गतका मानविकी तथा सामाजिक शास्त्र संकाय केन्द्रीय क्याम्पस प्रमुख तेजबिक्रम बस्नेत, इन्जिनियरिङ संकायका क्याम्पस प्रमुख सोनालाल यादव, शिक्षा शास्त्र संकायका क्याम्पस प्रमुख जस्विर रोका, व्यवस्थापन संकायका क्याम्पस दिपकसिंह रावत,  कानूनी संकायका डाइरेक्टर अर्जुनबहादुर एडी र मुसुम क्याम्पसका डाइरेक्टर डा. सुशील शाहीले सामूहिक राजीनामा दिएका हुन्।

बुधबारको बैठकमा उपकुलपतिले जिम्मेवारी पूरा नगर्ने क्याम्पस प्रमुखहरूलाई राजीनामा मागेपछि आज सामूहिक राजीनामा दिएको एक क्याम्पस  प्रमुखले बताए ।

यता विश्वविद्यालयका उपकुलपति सिंहले राजनीति पहुँचको आधारमा क्याम्पस प्रमुख भएका र जिम्मेवारी पूरा नगर्ने क्याम्पस प्रमुखको राजीनामा छिट्टै स्वीकृत गरिने जानकारी दिए।

प्रकाशित: Jan 21, 2021| 05:25 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्