शनिबार, भदौ २०, २०८३

पेरिस जलवायु सम्झौतामा फर्कियो अमेरिका

अमेरिकी राष्ट्रपतिको पद सम्हालेलगत्तै जो बाइडनले कैयौं महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्।
 |  बिहीबार, माघ ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ ८, २०७७

काठमाडौं– अमेरिकी राष्ट्रपतिको पद सम्हालेलगत्तै जो बाइडनले कैयौं महत्वपूर्ण निर्णयमा हस्ताक्षर गरेका छन्। 

कालो मास्क लगाएर ओभल अफिस छिरेका बाइडनले पत्रकारहरुसँग कुराकानी गर्दै कोभिड संकट, आर्थिक संकट तथा जलवायु संकट आफ्नो प्राथमिकता रहेको बताएका छन्। 

पहिलो कार्यकारी आदेशमा हस्ताक्षर गर्दै उनले अमेरिकामा मास्क लगाउन अनिवार्य गरेका छन्। साथै पेरिस जलवायु सम्झौतामा अमेरिका पुनः सामेल हुने घोषणा गरेका छन्।

कार्यकारी आदेशका लागि अमेरिकी राष्ट्रपतिले संसदको अनुमति लिनु पर्दैन। बाराक ओबामा र डोनाल्ड ट्रम्पले यो अधिकारको खुबै प्रयोग गरेका थिए। बाइडेनले कार्यकालको पहिलो दिन नै १७ वटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्।

२० जनवरीमा अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा शपथ लिएपछि बाइडेनले आफूले राष्ट्रपतिको पद सम्हालेको दिनलाई अमेरिकाको दिन, लोकतन्त्रको दिन र इतिहास र आशाको दिन बताए। उनले भने, ‘अमेरिकाको थुप्रै पटक परीक्षा भएको छ र ऊ चुनौतीबाट माथि उठेको छ। आज हामी लोकतन्त्रको उत्सव मनाइरहेका छौं। हामीले पुनः सिकेका छौं कि लोकतन्त्र मूल्यवान छ।’

यसैबीच, प्रधानमन्त्री केपी शर्मा ओलीले अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडनलाई बधाई तथा शुभकामना दिएका छन्। 

बुधबार मध्यराति ट्विट गर्दै ओलीले उनको कार्यकालमा दुई देशबीचको सम्बन्ध थप मजबुत बन्ने विश्वास व्यक्त गरेका छन्।
 

प्रकाशित: Jan 21, 2021| 00:47 बिहीबार, माघ ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।