काठमाडौं- आयात र निर्यातलाई भन्सारसँग आबद्ध गरी अन्तर्राष्ट्रिय व्यापारलाई सहजिकरण गर्न राष्ट्रिय एकद्वार प्रणाली सुरु गरिने भएको छ।
भन्सार विभागले सरोकारवाला निकायहरुसँग समन्वय गरी आउँदो हप्तादेखि राष्ट्रिय एकद्वार प्रणाली सुरु गर्ने भएको हो।
भन्सार विभागले आगामी सातादेखि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लाण्ट क्वारेन्टाइन केन्द्रमा एकद्वार प्रणाली सुरु गर्ने जानकारी दिएको हो।
तीन वटा विभागबाट सुरु गरिने कार्यक्रम चरणबद्ध रुपमा विस्तार गरिने र यसमा सरकारी र निजी क्षेत्र रहने जानकारी भन्सार विभागले बुधबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा गराएको हो।
भन्सार विभागका अनुसार एकद्वार प्रणाली सुरु भएपछि तीनवटै विभाग र अन्तर्गतका कार्यालयहरुमा डिजिटल प्रणालीको सुरुवात हुनेछ। लाइसेन्स वा अनुमतिका लागि निकास तथा आयातकर्ताहरु विभाग तथा कार्यालयहरुमा पुगिराख्नु र कागजी झनझटको अन्त्य हुने विभागका महानिर्देक सुमन दाहालले बताए।
त्यस्तै राजस्व सचिव रामशरण पुडासैनीले एकद्वार प्रणालीलेले राजस्व परिचालनमा थप सहयोग पु¥याउने बताए।
विभागका महानिर्देशक सुमन दाहालले व्यापारसँग जोडिएका सरकारी र निजी गरी ४० वटा निकायमा एकद्वार प्रणाली लागू गरिने बताए।
अर्थ मन्त्रालय, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र कृषि तथा पशुपंछि विकास मन्त्रालयबीचको समन्वय र सहकार्यमा एकद्वार प्रणाली लागू हुनेछ।