शनिबार, भदौ २०, २०८३

प्रदेश १ : तीन मिनेटमै संसद् बैठक स्थगित

देश १ को सातौं तथा हिउँदे अधिवेशन बुधबार सुरु भएको छ। बैठक करिब तीन मिनेट बसेर स्थगित गरिएको छ। 
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

विराटनगर– प्रदेश १ को सातौं तथा हिउँदे अधिवेशन बुधबार सुरु भएको छ। बैठक करिब तीन मिनेट बसेर स्थगित गरिएको छ। 

प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले संसद् अधिवेशन आह्वानका लागि पठाएको पत्र वाचन गरी सभामुख प्रदीपकुमार भण्डारीले अधिवेशन स्थगित गरेका हुन्। 

नेकपाका दुवै समूहले एकअर्कालाई निषेध गर्ने रणनीति बनाएपछि कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनै पनि दलका नेताहरुलाई बोल्न नदिने सहमतिसहितको निर्णय गरेको थियो। 

सोही निर्णयका आधारमा हिउँदे अधिवेशन सुरु भएको दिन दलका नेताहरुले सम्बोधन गर्ने परम्परा तोड्दै बैठक क्षणभरमै स्थगित गरिएको हो। 

गत पुस १२ गते नेकपाको (दाहाल–नेपाल) समूहले मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वास प्रस्ताव पेस गरेपछिको घटनाक्रमले संसद् बैठक तनावपूर्ण हुने अड्कल गरिएको थियो। सोही कारण संसद् बैठक बाहिर सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो। 

तर, कार्यव्यवस्था परापर्श समितिको निर्णयपछि अवस्था सामान्यतर्फ उन्मुख बनेको छ। ६ महिनाभित्र संसद चलाउनुपर्ने बाध्यता र प्रदेशसभा सदस्यहरुलाई गरिएको कारबाहीलाई राजनीतिक रुपमा लिन सभामुखले आग्रह गरेपछि संसद बैठक सुरु गरिएको नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले बताए। 

उनले भने, ‘भोलिदेखि संसद् अधिवेशन अन्त्य भएको ६ महिना पूरा हुने भएकाले संसद बैठक सुरु गरियो।’  उनले अविश्वासको प्रस्ताव संसदमा टेबुल हुने र असफल हुने दाबी गरे। 

संसद्मा अविश्वासको प्रस्ताव टेबुल हुने र लोकतान्त्रिक विधिबाट प्रदेशसभाले गर्ने निर्णय मान्न तयार रहेको नेकपा दाहाल–नेपाल समूहले बताएको छ। 

अश्विासको प्रस्ताव दर्ता भएकाले विधि प्रक्रियाअनुसार अघि बढ्ने नेकपा दाहाल–नेपाल समूहका नेता तथा निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्वोले बताए। 

प्रकाशित: Jan 20, 2021| 11:47 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।