शनिबार, भदौ २०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ को संसद् बैठक आज सुरु हुँदै, निलम्बित सांसद पनि सहभागी हुने

प्रदेश १ को संसद् बैठक आज सुरु हुँदै, निलम्बित सांसद पनि सहभागी हुने

प्रदेश १ प्रदेश सभाको सातौं अधिवेशन आज बुधबारबाट सुरु हुँदै छ।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

विराटनगर– प्रदेश १ प्रदेश सभाको सातौं अधिवेशन आज बुधबारबाट सुरु हुँदै छ।

आजको बैठकमा प्रदेश प्रमुख सोमनाथ अधिकारीले पठाएको संसद् सुरु भएको पत्रबारे जानकारीमात्र गराइने कार्य व्यवस्था परामर्श समितिको बैठकले निर्णय गरेको छ।

सत्तारुढ दल नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आज अन्य कार्यसूची नरहेको जानकारी दिए। बैठकमा मुख्यमन्त्री शेरधन राईले निलम्बन गरेका सांसदहरु पनि सहभागी हुने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपा दुई समूहमा विभाजित छ। केन्द्रमा दुई समूहमा विभाजित नेकपाले प्रदेश १ मा पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गरेको छ।

अविश्वासको प्रस्ताव दर्तापछि सुरु हुन लागेको संसद् बैठक कसरी अघि बढ्छ भन्ने चासो सबैलाई छ। 

प्रकाशित: Jan 20, 2021| 07:46 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।