आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • वरिष्ठ अधिवक्ता भण्डारीले भने- छोरी कुटेर बुहारी तर्साउने काम गरियो

वरिष्ठ अधिवक्ता भण्डारीले भने- छोरी कुटेर बुहारी तर्साउने काम गरियो

वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद् विघटनलाई ‘छोरी कुटेर बुहारी तर्साउने’ भनेर टिप्पणी गरेका छन्।
 |  बुधबार, माघ ७, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, माघ ७, २०७७

काठमाडौं - वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद् विघटनलाई ‘छोरी कुटेर बुहारी तर्साउने’ भनेर टिप्पणी गरेका छन्।

संसद् विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी बहसका क्रममा उनले यस्तो टिप्पणी गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको विवादलाई लिएर सार्वभौम संसद् नै विघटन गरेको आरोप लगाए।

यसअघि बहस गरेका संविधानविद् एवं अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले नेपालको संविधान २०७२ ले प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने राजनीतिक अधिकार नदिएको बताएका थिए।

अधिवक्ता अनिता मानन्धरले अहिले रिट निवेदकका तर्फबाट बहस गरिरहेकी छिन्। उनको बहस विषयवस्तुमा केन्द्रित नभएपछि न्यायाधीश सपना प्रधान मल्लले विषयमा केन्द्रित हुन भनेकी छिन्। ‘तपाईंहरु विषयमा केन्द्रित हुनुहोस्, अन्यमा जाँदा लम्बिन्छ।’

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले पनि मुख्य विषयमा रहेर बहस केन्द्रित गर्न आग्रह गरेका छन्। उनले भने, ‘तपाईंहरु धारा नपढ्नुस्, हामीले धेरै पढिसक्यौं। कुराहरु दोहोर्‍याएर बहस नगर्नुस्।’
 

प्रकाशित: Jan 20, 2021| 07:29 बुधबार, माघ ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।