शुक्रबार, फागुन १५, २०८२

‘गोर्खे’को टाईटल गीत सार्वजनिक  

नेपाली चलचित्र ‘गोर्खे’को ‘टाईटल गीत सार्वजनिक भएको छ। 
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं- नेपाली चलचित्र ‘गोर्खे’को ‘टाईटल गीत सार्वजनिक भएको छ। 

National life

बुढा सुब्बा डिजिटलको अफिसिएल युटुबमार्फत सार्वजनिक भएको गीतमा संगीत र एरेन्ज शास शाक्यले गरेका छन्। गीतका शब्द नग्वा फिन्जु पाख्रिनका रहेका छन्।  

यस गीतमा चलचित्रका मुख्य पात्रहरूलाई फिचर्ड गरिएको छ। यसअघि ‘सिन्के अचार’ र ‘गाउँभरी हल्ला भो’ बोलको गीत सार्वजनिक गरेको  चलचित्रको ‘गोर्खे’को  टाईटल गीत रिलिज भएसँगै गीत धेरैले रुचाउने विश्वास निर्माण पक्षको छ।  

कोजु ईन्टरटेनमेन्टको ब्यानरमा हरि लामाको प्रस्तुति र तिर्थराम कोजु तथा हरि थापाले निर्माण गरेको चलचित्रमा नेपालका रमणीय स्थलहरु  पाल्पा, बर्दघाट, धम्पुस, पोखरा र काठमाडौंका दृश्य कैद गरिएको छ।  चलचित्रको निर्देशन किम्मत गौतमले गरेका हुन्। 

चलचित्रमा रबिन्द्रप्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, आश्मी लामा, आश्मी श्रेष्ठ, एन्जेल श्रेष्ठ, बाल्दिप राईलगायतको अभिनय छ।  

Laxmi sunrise bank

प्रकाशित: Jan 19, 2021| 03:08 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्