शनिबार, कात्तिक २९, २०८२

भारतीय वेबसिरिज ‘ताण्डव’ विवाद : निर्देशकले मागे माफी

अमेजन प्राइमको वेबसिरिज ‘ताण्डव’का निर्देशक अलि अब्बास जफरले माफी मागेका छन्।
 |  मंगलबार, माघ ६, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, माघ ६, २०७७

काठमाडौं। अमेजन प्राइमको वेबसिरिज ‘ताण्डव’का निर्देशक अलि अब्बास जफरले माफी मागेका छन्। उनले मानिसहरुको भावनामा चोट पुगेको भन्दै बिना शर्त माफी मागेका हुन्। 

National life

माफीपत्रमा अलिले कुनै पनि धर्म वा जाति, समुदायमा चोट पुर्‍याउने अभिप्राय नभएको उल्लेख गरेका छन्। 

‘हामी ताण्डवलाई आइरहेको दर्शकहरुको प्रतिक्रिया नजिकबाट नियालिरहेका छौं,’ उनले ट्वीटरमा लेखेका छन्, ‘सूचना तथा प्रसारण मन्त्रालयसँग भएको छलफलका क्रममा हामीलाई ठूलो मात्रामा आइएको गुनासो र प्रतिक्रियाका बारेमा बताइयो, जहाँ मानिसहरुको भावनामा ठेस पुगेको भनिएको थियो।’

ताण्डव एक काल्पनिक कथा भएकाले कुनै व्यक्ति वा घटनासँग मिल्नु संयोग मात्रै भएको पनि उनको भनाइ छ। ‘कास्ट वा क्रुका कुनै व्यक्ति जाति, समुदाय, आस्था, धर्म, राजनीतिक पार्टी वा जिउँदो–मृत व्यक्तिको भावनामा चोट पुर्‍याउने वा अपमान गर्ने कुनै अभिप्राय थिएन। कास्ट र क्रु टिम सबैको भावनाको सम्मान गर्दै बिना शर्त माफी माग्छौं,’ उनले भनेका छन्। 

ताण्डब एक पोलिटिकल थ्रिलर वेबसिरिज हो, जसलाइृ अलि जब्बास जफरले निर्देशन गरेका छन्। यसमा सैफ अलि खान, डिम्पल कपाडिया, मोहम्मद जीशान अय्युब, सुनील ग्रोवर, गौहर खान, तिग्मांसु धुलियालगायतको अभिनय छ। 

Laxmi sunrise bank
kumari

ताण्डव सुरु भएदेखि नै विवादमा आएको थियो। यसको सुरुआत सामाजिक सञ्जालबाट भएको थियो। धेरै सामाजिक सञ्जाल प्रयोगकर्ताले पहिलो एपिसोडमा भगवान शिव र रामलाई लिएर आपत्तिजनक संवाद देखाएको भन्दै आपत्ति जनाएका थिए। 

सिरिजलाई लिएर विवाद यसरी बढ्यो कि यसको असर राजनीतिमा पनि देखियो। ताण्डवको विषयमा सूचना तथा प्रसारण मन्त्रालयले आइतबार अमेजन प्राइमका अधिकारीहरुलाई पनि नोटिस पठाएको थियो। 

प्रकाशित: Jan 19, 2021| 02:15 मंगलबार, माघ ६, २०७७
प्रतिक्रिया दिनुहोस्