सोमबार, फागुन १८, २०८२

कैलालीका थप २ ठाउँमा सशस्त्रको बिओपी स्थापना

भारतीय सीमासँग जोडिएको कैलालीमा थप दुईवटा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ।
 |  सोमबार, साउन १८, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, साउन १८, २०७८

धनगढी- भारतीय सीमासँग जोडिएको कैलालीमा थप दुईवटा सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बिओपी) स्थापना गरिएको छ।

जिल्लाको धनगढी उपमहानगरपालिका–१९ लल्लिपुर र भजनी नगरपालिका–५, पगियापसारमा बिओपी स्थापना गरिएको हो।

योसँगै १०१ किलोमिटर खुल्ला सीमा रहेको कैलालीमा स्थापना भएका बिओपीको संख्या १८ पुगेको छ।

बिओपीको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलालीका निमित्त बाहिनीपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेशकुमार श्रेष्ठले उद्घाटन गरे। सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि न्यूनीकरणका लागि सीमा क्षेत्रमा बिओपी स्थापना गरिएको एसएसपी श्रेष्ठले बताए । 

एसएसपी श्रेष्ठले अहिलेको विषम परिस्थितिमा राष्ट्रसेवक सुरक्षाकर्मीहरुको काँधमा राज्य र जनताको सेवा तथा सुरक्षाको ठूलो जिम्मेवारी आएकाले अझ बढी अनुशासित एवम्  कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिए।

kumari

उनले सीमा सुरक्षा, अपराध नियन्त्रण र अवैध चोरी निकासी नियन्त्रणमा बिओपी प्रमुखको जिम्मेवारी भएकाले सबैलाई व्यवसायिक ढंगले कार्य क्षेत्रमा खटिन निर्देशनसमेत दिए।

बिओपी उद्घाटन कार्यक्रममा सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गण हेडक्वार्टर कैलालीका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपेन्द्र कुँवर र स्थानीय जनप्रतिनिधिको उपस्थिति रहेको थियो।

प्रकाशित: Aug 02, 2021| 18:32 सोमबार, साउन १८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।