बुधबार, असोज २१, २०८३

कीर्तिपुर नयाँबजारमा मेगा बैंकको नयाँ शाखा 

 |  आइतबार, माघ ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, माघ ४, २०७७

काठमाडौं– मेगा बैंक नेपाल लिमिटेडले काठमाडौंको कीर्तिपुरमा नयाँ शाखा विस्तार गरी आइतबारका दिन देखि शाखा सञ्चालनमा ल्याएको छ । 

कीर्तिपुर नगरपालिका वडा नम्बर ९, नयाँबजारमा बैंकको नयाँ शाखा विस्तार गरिएको हो । मेगा बैंकको यो २०७ औं शाखा हो । काठमाडौं उपत्यकामा मेगा बैंकका ४१ शाखा र १६ एक्सटेन्सन काउन्टर रहेका छन् ।  

अहिले उपत्यका र उपत्यकाबाहिर गरी मेगा बैंकका २०७ वटा शाखा कार्यालयहरु, ३४ वटा एक्सटेन्सन काउन्टरहरु, १ सय ४२ वटा एटीएम मेशिन तथा ८९ वटा शाखारहित बैंकिङ केन्द्रहरु रहेका छन् ।
 

प्रकाशित: Jan 17, 2021| 10:54 आइतबार, माघ ४, २०७७
प्रतिक्रिया दिनुहोस्