बिहीबार, वैशाख ३१, २०८३

गायक जोसेफको देउडा गीत ‘पियारी’ सार्वजनिक (भिडियोसहित)

युवा गायक जोसेफ शाही ठकुरीको देउडा शैलीको गीत ‘पियारी’ सार्वजनिक भएको छ। लाइमलाइट नेपाल युट्युव च्यानलबाट पियारी सार्वजनिक भएको हो।
 |  शनिबार, माघ ३, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, माघ ३, २०७७

काठमाडौं- युवा गायक जोसेफ शाही ठकुरीको देउडा शैलीको गीत ‘पियारी’ सार्वजनिक भएको छ। लाइमलाइट नेपाल युट्युव च्यानलबाट पियारी सार्वजनिक भएको हो।

National life

जोसेफको आफ्नै शब्द र कोशिष क्षेत्रीको संगीत रहेको गीतमा उदयराज पौडेलको संगीत संयोजन र श्यामश्वेत रसाइलीको ध्वनी सम्पादन छ। गीत प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरिएको हो। 

गरिबीले थिचिएपछि धन कमाउन विदेश गएको एक परदेशीले आफ्नी पियारीलाई सम्झाइरहेको कथावस्तु गीतमा भेटिन्छ।

भिडियोमा अभिनेता स्वर्गीय श्रीकृष्ण श्रेष्ठको क्यारिकेचर गरेर चर्चामा आएका कलाकार प्रकाश चन्द, सरस्वती फुयाँल, रत्न डंगोल, रामहरि थापा र रञ्जित मगरको अभिनय हेर्न सकिन्छ। 

चक्रबहादुर बरालको छायाँकन र टेकेन्द्र शाहको सम्पादन रहेको गीतको भिडियो निर्देशन देवेन्द्र कुँवरले गरेका हुन्। 

 

प्रकाशित: Jan 16, 2021| 10:30 शनिबार, माघ ३, २०७७
प्रतिक्रिया दिनुहोस्