काठमाडौं– १० वर्ष अघि ‘नोट’ एल्बम निकालेर नेपाली संगीत क्षेत्रमा प्रवेश गरेकी धरानकी गायिका सीमा संग्रौलाले लामो समयपछि ‘उड्नु छ आज’ बोलको गीत सार्वजनिक गरेकी छन्।
उनले विशाल पाण्डेसँग मिलेर गीत रचना तथा संगीत गरेकी हुन्। गीतको भिडियो पोखरा र यस आसपासका क्षेत्रमा छायांकन गरिएको हो।
भिडियो सम्पादन तथा निर्देशन विशाल पाण्डेले गरेका हुन्।
नोट एल्बममा समेटिएको ‘के नै रुनु छ र’ बोलको गीतबाट त्यही वर्ष हिट्स एफएम म्युजिक अवार्डबाट सर्वोत्कृष्ट नव प्रतिभाको अवार्ड हात परेकी थिइन्।