मंगलबार, साउन १९, २०८३

निकै फाइदाजनक सुन्तला यी तीन रोगका बिरामीले भने खान हुँदैन

सुन्तला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यसमा पोषक तत्व र गुण भरपुर हुन्छ। साथै यसले शरीरबाट हानिकारक तत्व निकाल्न पनि सहयोग गर्छ। 
 |  शुक्रबार, माघ २, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, माघ २, २०७७

काठमाडौं। सुन्तला स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। यसमा पोषक तत्व र गुण भरपुर हुन्छ। साथै यसले शरीरबाट हानिकारक तत्व निकाल्न पनि सहयोग गर्छ। 

तर, यही सुन्तला केही बिरामीहरूका लागि हानिकारक सावित हुन सक्छ। 

पाचनसम्बन्धी समस्या 

जसलाई पाचनसम्बन्धी समस्या छ, उसले सुन्तला खानु हुँदैन। 

सुन्तलामा फाइबरको मात्रा अधिक हुन्छ। यदि तपाईंले धेरै सुन्तला खानु भयो भने तपाईंको स्वस्थ्यलाई हानि पुग्न सक्छ। पाचन प्रणालीमा असर पुग्न सक्छ। त्यसैले यस्तो समस्या भएका बिरामीले सुन्तला खानबाट बच्नुपर्छ। 

दाँतसम्बन्धी समस्या

धेरै सुन्तला खानाले दाँतमा समस्या हुन सक्छ। सुन्तलामा एसिड हुन्छ, यो दाँतको इनेमलमा रहेको क्याल्सियमसँग जोडिन्छ र ब्याक्टेरियल इन्फेक्सन हुन सक्छ। यसबाट क्याबिटी पनि हुन सक्छ। 

एसिडिटी 

जसलाई एसिडिटीको समस्या छ, उनीहरूले सुन्तला खान हुँदैन। 

यसले समस्या झन् बढाउन सक्छ। यसको प्रयोगले तपाईंको निधार र पेटमा समस्या हुन सक्छ। 

प्रकाशित: Jan 15, 2021| 02:53 शुक्रबार, माघ २, २०७७
प्रतिक्रिया दिनुहोस्