शुक्रबार, फागुन १५, २०८२

पत्रकार सुनिल कोइरालाले ल्याए गीति संग्रह

झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाले गीति संग्रह ल्याएका छन्।  
 |  बिहीबार, माघ १, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, माघ १, २०७७

काठमाडौं– झण्डै दुई दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय सुनिल कोइरालाले गीति संग्रह ल्याएका छन्।  

National life

‘सुनिल’ नामक गीति संग्रह टेलिभिजनकर्मी तथा फिल्म/म्यूजिक भिडियो निर्देशक भूषण दाहालले विमोचन गरेका छन्।

पुस्तक विमोचन गर्दै दाहालले सुनिलका प्रायः गीतहरु सरल र सुन्दर भएको प्रतिक्रिया दिए। 

फिल्म निर्देशक मनोज पण्डितले गीति संग्रहमा  प्रजातन्त्र प्राप्त भएपछि विकास भएको चेतना स्तरलाई मध्यमवर्गीय परिवारको आँखाबाट आफ्नो भाव व्यक्त गर्न गीतकार कोइराला सफल भएको बताए। 

गीतकार कोइरालाले पत्रकारितामा सिर्जनशिलता र साहित्यमा सरलताको अभ्यास गर्दै आफू सबैमा सुनिल बन्न चाहेको सुनाए।

Laxmi sunrise bank

९९ वटा गीत संगृहित गीति संग्रह स्कुल अफ लिडर्स प्रालिले प्रकाशन गरेको हो।

प्रकाशित: Jan 14, 2021| 11:22 बिहीबार, माघ १, २०७७
प्रतिक्रिया दिनुहोस्