बिहीबार, वैशाख ३१, २०८३

भ्वाइस अफ नेपालमा कोच परिवर्तन, आस्थाको ठाउँमा तृष्णा गुरुङ

भ्वाइस अफ नेपाल सिजन–३ को कोचको रुपमा तृष्णा गुरुङको प्रवेश भएको छ। 
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

काठमाडौं– भ्वाइस अफ नेपाल सिजन–३ को कोचको रुपमा तृष्णा गुरुङको प्रवेश भएको छ। 

National life

यसअघि सिजन–२ को कोच रहेकी आस्था रावतको ठाउँमा गुरुङ भित्रिएकी हुन्। 

अन्य कोच भने अथावत् छन्। सिजन–१ देखि कोच रहेका गायक दीप श्रेष्ठ र प्रमोद खरेलले निरन्तरता पाएका छन्। 

सिजन–२ बाट भित्रिएका गायक राजु लामा पनि तेस्रो सिजनमा कोचको रुपमा छन्। 

भ्वाइस अफ नेपाल सिजन–३ को डिजिटल अडिसन भर्खरै सकिएको छ। डिजिटल अडिसनमा नेपालका साथै भारत, थाइल्याण्ड, बर्मा, अष्ट्रेलियालगायत देशका नेपाली मुलका ४० हजार जनाले सहभागिता जनाएका छन्।

यसमध्येबाट १२० जना ब्लाइण्ड अडिसनका लागि छनोट हुने छन्। यसबाट प्रत्येक कोचको टिममा १२ जनाका दरले ४८ जना ब्याटल राउण्डमा प्रवेश गर्ने छन्। 

कार्यक्रम एक महिनाभित्र हिमालय टेलिभिजनमार्फत् शुक्रबार र शनिबार राति ८ बजे प्रसारण हुने कार्यक्रमकी जनसम्पर्क अधिकृत लक्ष्मी मैनालीले जानकारी दिइन्। 


 

प्रकाशित: Jan 13, 2021| 10:09 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्