आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • असुरक्षित भएको भन्दै जुनीचाँदे गाउँपालिकाका कर्मचारीले मागे सामूहिक सरुवा

असुरक्षित भएको भन्दै जुनीचाँदे गाउँपालिकाका कर्मचारीले मागे सामूहिक सरुवा

जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कार्यरत सबै कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन्। 
 |  मंगलबार, पुस २८, २०७७

नेपाल समय

नेपाल समय

मंगलबार, पुस २८, २०७७

सुर्खेत– जाजरकोटको जुनीचाँदे गाउँपालिकामा कार्यरत सबै कर्मचारीले सामूहिक सरुवाको माग गरेका छन्। 

आफूहरूको सुरक्षाको ग्यारेन्टी नभएको भन्दै उनीहरूले सामूहिक सरुवाको माग गरेका हुन्। 

कर्मचारीले सामूहिक सरुवाको माग गर्दै गाउँपालिका र जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाएका छन्।

‘दैनिक धम्की आउँछ, हाम्रो सुरक्षाको ग्यारेन्टी छैन’ प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर शाहीले भने, ‘मैंले पहिले नै सरुवा मागेको थिएँ, अहिले साथीहरूले पनि माग्नु भएको छ।’ 

आइतबार राति मात्रै प्रशासकीय अधिकृतलाई छेडागाड नगरपालिका–६ का कृष्णबहादुर खड्का र जुनीचाँदे गाउँपालिका–१० का प्रेमबहादुर शाहीले क्वाटरमै आएर धम्काएका थिए।

कर्मचारीहरूले धम्की दिनेलाई कारबाही गर्न पनि माग गरेका छन्। ज्ञापनपत्रमा शान्तिपूर्ण वातावरण नभएसम्म अत्यावश्यक बाहेकका सेवा दिन नसकिने पनि उल्लेख गरिएको छ। 

जाजरकोटका प्रमुख जिल्ला अधिकारी चेतराज बरालले कार्यालयमा शान्तिपूर्ण वातावरण मिलाउने र कर्मचारीलाई काममा फर्कन आग्रह गरिएको बताएका छन्।
 

प्रकाशित: Jan 12, 2021| 13:59 मंगलबार, पुस २८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।