आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • निर्वाचन खर्चबारे सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्री र अर्थमन्त्रीको छलफल

निर्वाचन खर्चबारे सुरक्षा निकायका प्रमुखहरुसँग गृहमन्त्री र अर्थमन्त्रीको छलफल

गृह मन्त्रालयमा आगामी बैसाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचनको खर्चबारे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल भएको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं- गृह मन्त्रालयमा आगामी बैसाख १७ र २७ गतेका लागि तोकिएको मध्यावधि निर्वाचनको खर्चबारे सुरक्षा निकायका प्रमुखहरुसँग छलफल भएको छ।

सोमबार गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव तथा अर्थ सचिवको उपस्थितिमा तीन वटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएर निर्वाचनको खर्चबारे छलफल भएको हो।

बैठकमा गृह मन्त्रालय तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागको तर्फबाट हाल मौजुदा श्रोत साधन तथा निर्वाचन प्रयोजनमा आवश्यक पर्ने थप श्रोत साधन व्यवस्थापन सम्बन्धमा प्रारम्भिक खाका प्रस्तुत भएको मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाले जानकारी दिए। 

बैठकमा गृहमन्त्री थापाले मुलुक प्रतिनिधिसभाको आगामी निर्वाचनतर्फ केन्द्रित भइसकेको भन्दै निर्वाचन सुरक्षाको लागि आवश्यक तयारी गर्न सुरक्षा निकायहरूलाई निर्देशन दिएका थिए। 

त्यस्तै अर्थमन्त्री पौडेलले विगतका निर्वाचनमा भएको खर्च विश्लेषण गरी मितव्ययितालाई ध्यान दिई निर्वाचन केन्द्रित बजेट प्रस्ताव गरी गृह मन्त्रालय मार्फत् पठाउन सुरक्षा निकायहरूलाई निर्देशन दिएका थिए।

साथै गृह मन्त्रालयले निर्वाचनको पक्षमा क्रमश माहौल बन्दै गइरहेको भन्दै बर्तमान अवस्थामा लोकतान्त्रिक अभ्यासमा संलग्न राजनीतिक दललगायत सबै सरोकारवालाहरूले आआफ्ना कार्यक्रम तथा गतिविधि सञ्चालन गर्दा विगतमा जस्तै शान्तिपूर्ण रूपले गर्न गराउन अनुरोध गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरी बैसाख १७ र २७ गतेका लागि मध्यावधि निर्वाचन घोषणा गरेका छन्।

प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै सर्वोच्चमा परेको रिट विचाराधिन छ भने सरकारको कदमको विरोध भइरहेको छ।

प्रकाशित: Jan 11, 2021| 14:07 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।