आइतबार, भदौ २१, २०८३

विद्यार्थीको कुटपिटबाट प्रधानाध्यापक घाइते

मोरङ उर्लाबारी ६ को राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलमाथि विद्यार्थीले कुटपिट भएको छ।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

विराटनगर- मोरङ उर्लाबारी ६ को राधिका माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार पोखरेलमाथि विद्यार्थीले कुटपिट भएको छ।  

सोमबार बिहान १० वजे विद्यालय हाताभित्र कक्षामा १२ मा अध्ययनरत उर्लाबारी १ का २० वर्षीय निश्चल गुरुङ, उनका साथीहरु सुनसरी इटहरीका २० वर्षीय मोहित राई र उर्लाबारी ५ घर भई विराटनगर बस्दै आएका १९ वर्षीय रविन राईले कुटपिट गरेको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेलले बताए। 

उनका अनुसार घटनामा संलग्न गुरुङलाई नियन्त्रणमा लिइएको छ। अन्य दुई जना फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ। 

गुरुङ नेतृत्वको समूहले प्रधानाध्यापक पोखरेललाई बोतल, रड र ढुङ्गाले टाउकोमा प्रहार गरेको प्रत्यक्षदर्शी शिक्षक चुडामणि नेपालले बताए। 

राधिका माविका शिक्षकहरुले विज्ञप्ति जारी गरी दोषीलाई कारबाहीको माग गरेका छन्। शिक्षकहरुले घटनापछि शिक्षक, विद्यार्थी र कर्मचारी असुरक्षित भएको जनाएका छन्। घाइते प्रधानाध्यापक पोखरेलको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको  छ। 
शिक्षक कर्मचारी र पेशागत संगठनहरुले दोषीमाथि कारबाहीको माग गरेका छन्। 

प्रकाशित: Jan 11, 2021| 13:45 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।