आइतबार, भदौ २१, २०८३

ओली राष्ट्रवादी हैन राष्ट्रघाती नेता हुन् : यादव

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै सडक आन्दोलनमा उत्रेका राजनीतिक दलहरु विभिन्न कार्यक्रम गरिरहेका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

पर्सा– प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेसँगै सडक आन्दोलनमा उत्रेका राजनीतिक दलहरु विभिन्न कार्यक्रम गरिरहेका छन्। यसैअन्तर्गत सोमबार जनता समाजवादी पार्टीले वीरगन्जमा विरोध सभा आयोजना गरेको छ।

सभामा पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रवादी नभई राष्ट्रघाती नेता रहेको टिप्पणी गरेका छन्।

जसपा पर्साले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले राष्ट्रवादको मुखौटा लगाएका प्रधानमन्त्री ओलीको वास्तविक रुप अहिले सामुन्ने आएको बताए।

मधेशमा आन्दोलन भइरहँदा मधेशी–पहाडीको भिन्नता छुट्याई राष्ट्रवादको नारा लगाइरहेका प्रधानमन्त्री ओलीले अहिले महाकालीको कुरा आउँदा राष्ट्रवादी नभई लम्पसारवादी भएको आरोप उनले लगाए। सत्ता बचाउनका लागि ओलीले नक्कली राष्ट्रवादीको भूमिका खेलिरहेको उनको भनाइ थियो।

पार्टीको आन्तरिक विवाद सल्टाउन नसकेर राजीनामा मागिँदा प्रधानमन्त्रीले पदबाट राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्नेमा देश नै खतरामा पारेको उनको भनाइ थियो। पार्टीको गुट–उपगुटलाई मिलाउन नसके कमण्डलु बोकेर बनारस जानुपर्नेमा संसद् नै विघटन गर्नु गलत कुरा रहेको यादवले बताए।

संसद् विघटनको विषय सर्वोच्च अदालतमा पुगेको प्रसंगमा अध्यक्ष यादवले भने, ‘सर्वोच्चलाई हामी सम्मान गर्छौं तर संसद् विघटन राजनीतिक विषय भएकोले राजनीतिबाट समाधान हुनुपर्छ। हालसम्म राजनीतिक विषय कानुनी तरिकाले समाधान नभएका कारण राजनीतिक विषय राजनीतिबाटै समाधान हुनुपर्छ। संसद् विघटन गरेर मन्त्रिमण्डल पुनर्गठन गरेका प्रधानमन्त्री ओलीलाई चुनाव गराउने मनसाय भए कामचलाउ सरकार हुनेथिए। चुनावी सरकारको मन्त्रीमण्डल विस्तार गर्ने कुनै किसिमको अधिकार थिएन। तरपनि स्वार्थ पूर्तिका लागि उनले मन्त्रीमण्डल पनि विस्तार गरे।’

कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले सत्ताको भोकमा निरंकशुतन्त्रलाई निमन्त्रणा दिने हो भने त्यो निरंकुशतासँगै चल्नुपर्ने भन्दै प्राप्त उपलब्धिलाई रक्षा गर्नु अहिलेको आवश्यकता रहेको बताए।  

प्रकाशित: Jan 11, 2021| 12:54 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।