धनगढी- सुदूरपश्चिम प्रदेशमा पुस २९ गतेका दिन सार्वजनिक बिदा हुने भएको छ।
प्रदेश सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले बिदाबारे जानकारी दिए।
मन्त्रीपरिषद् बैठकले भुवा पर्वमा बिदा दिने निर्णय गरेको उनले बताए।