आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश १ का दुई सांसद ‘नेकपा राष्ट्रिय एकता अभियान’मा 

प्रदेश १ का दुई सांसद ‘नेकपा राष्ट्रिय एकता अभियान’मा 

प्रदेश १ का नेकपाका दुई जना सांसद एकता अभियानमा लागेका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

विराटनगर– प्रदेश १ का नेकपाका दुई जना सांसद एकता अभियानमा लागेका छन्।

यही पुस १२ गते मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका झापाका प्रदेशसभा सदस्य गोपालचन्द्र बुढाथोकी र श्रीप्रसाद मैनाली नेकपा (दाहाल–नेपाल) समूह छाडेर वामदेव गौतमको अभियानतिर लागेका हुन्।

बुढाथोकी र मैनालीसहित ७ जना झापाका नेताले संयुक्त वक्तव्य जारी गर्दै पार्टी विभाजनको पक्षमा नलाग्न र एकता अभियानमा जोडिन अपिलसमेत गरेका छन्। यसअघि बुढाथोकीलाई ओली समूहले केन्द्रीय सदस्य बनाए पनि उनले अस्वीकार गरेका थिए। दुवै सांसदलाई ओली समूहमा ल्याउन पहल भइरहेको थियो। 

९३ जना प्रदेशसभा सदस्य रहेको प्रदेश १ मा सत्तारुढ नेकपाका मात्रै ६७ जना छन्। ४७ जना आफ्नो पक्षमा रहेको दाहाल–नेपाल समूहको दाबी छ। तर अविश्वासको प्रस्तावमा ३७ जनाले मात्रै हस्ताक्षर गरेका छन्।

हस्ताक्षर गरेका मध्ये २ जना गौतमको अभियानमा, उदयपुरकी सांसद कला घले र मोरङकी सांसद वसन्तीदेवी यादव ओली समूहमा फर्किएका छन्। 

नेकपा नेता गौतमले अस्ति शनिबार आफ्नै संयोजकत्वमा नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका थिए।
 

प्रकाशित: Jan 11, 2021| 12:41 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।