आइतबार, भदौ २१, २०८३

'पार्टी महाधिवेशन होइन निर्वाचनको तयारीमा जुटौं'

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको प्राथमिकता निर्वाचनको तयारी नै रहेको बताएका छन्। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

जनकपुरधाम- नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिलेको प्राथमिकता निर्वाचनको तयारी रहेको बताएका छन्। 

जनकपुरधामस्थित पार्टी कार्यलयमा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उपसभापति निधिले नेपाली कांग्रेसले यसअघि १४औँ महाधिवेशनका लागि गरेको तयारी अहिलेलाई थाती राखेर राष्ट्रिय निर्वाचनमा लाग्नु पहिलो प्राथमिकता बनाउनु पर्नेमा जोड दिए। 

उनले संसद पुनर्स्थापना भए पनि वा नभए पनि राष्ट्रिय निर्वाचनको तयारीमै लाग्न अहिले उचित हुने उनको भनाइ थियो।

उनले भने ‘म आफै पनि महाधिवेशनको तयारीमा लागेको थिएँ तर अहिले प्राथमिकता बदलिएको छ।’ अगाडि भने ‘पहिले पार्टीको महाधिवेशन प्राथमिकता थियो, अब प्रतिनिधिसभाको राष्ट्रिय निर्वाचन पहिलो प्राथमिकता हो।’

उपसभापति निधिले अहिले चुनाव भयो भने चुनावमा भाग नलिने भन्नु अनुचित हुने बताउँदै भने ‘यसको अर्थ यो होइन कि संसद पुनर्स्थापना हुनु हुँदैन।’

निर्वाचनका लागि  अहिले सोच्न नै नहुने भन्ने सोच राख्नु अव्यवहारिक, अवैज्ञानिक सोच रहेको निधिको भनाइ थियो। वर्तमान परस्थितिको समाधान भनेकै प्रतिनिधिसभा रहेको चर्चा गर्दै निधिले संसद पुनर्स्थापना र निर्वाचनकै माध्यमले प्रतिनिधिसभाको स्थापना गर्नु दुबै विकल्पका लागि नेपाली कांग्रेस तयार हुनु पर्ने बताए।

यस विषयमा पार्टीभित्रै सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच बेकार विवाद रहेको उनले बताए। उपसभापति निधिले भने ‘दुबै जना बेकारमा विवाद गरिरहनु भएको छ, सभापति देउवा र वरिष्ठ नेता पौडेल दुबै आआफ्नो स्थानमा ठिकै हुनुहुन्छ। तर मेरो विचारमा संसद पुनर्स्थापना र निर्वाचन दुबै विकल्पलाई अंगिकार गरेर अगाडि बढ्नु पर्छ।’

सडकबाट प्रतिनिधिसभाको पुनस्र्थापना अहिलेको समयमा सुरक्षित नरहेको उनको भनाइ थियो। सडकबाट आन्दोलन उग्र भयो भने न संसद पुनस्र्थापना हुने न निर्वाचन हुने सम्भावनासमेत बन्न सक्छ, त्यसको भागीदार हामी हुनु हुँदैन नेता निधिले बताए। 

उनले अब हुने राष्ट्रिय निर्वाचनमा नेपाली कांग्रेसले अलोकतान्त्रिक शक्तिहरुलाई परास्त गरेर देखाउने दाबी गरे। यसका लागि नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलाई तयारीमा लाग्न उनले आह्वान गरे।

प्रकाशित: Jan 11, 2021| 12:35 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।