आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पोखरामा हिमाल आरोहण टोलीको बिदाइ : १० जनाले धम्पुस पिक चढ्ने 

पोखरामा हिमाल आरोहण टोलीको बिदाइ : १० जनाले धम्पुस पिक चढ्ने 

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनु पर्ने बताएका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

पोखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले हिमाललाई समृद्धिको आधार बनाउनु पर्ने बताएका छन्।

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशको आयोजना एवम् नेपाल पर्यटन बोर्डको प्रवर्द्धनमा गर्न लागिएको हिमाल आरोहण प्रवर्द्धन कार्यक्रमका सहभागीलाई सोमबार पोखरामा बिदाइ गर्दै उनले साहसिक पर्यटनका महत्वपूर्ण आधार रहेका हिमशृंखलालाई पर्यटनसँग जोड्नु पर्ने बताए।

कोरोना महामारीका कारण समग्र पर्यटनलाई प्रभाव पारे पनि पोखरामा त्यसको न्यून असर रहेको चर्चा गर्दै मुख्यमन्त्री गुरुङले आन्तरिक तथा विदेशी पर्यटकका लागि पोखरा खुला तथा सुरक्षित रहेको सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए। 

सरकारले नेपाल पर्वतारोहण संघलाई २७ वटा हिमचुचुरा आरोहणको व्यवस्थापनको जिम्मा दिइसकेको जनाउँदै उनले त्यसमार्फत्  प्राप्त हुने रोयल्टीलाई अन्य हिमालको प्रवर्द्धन तथा जनशक्ति उत्पादनमा उपयोग गर्नुपर्ने बताए।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले हिमाल आरोहणको इतिहासमा फ्रान्सेली नागरिक मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरे पनि त्यसयता गण्डकी प्रदेशमा रहेका हिमालहरु आरोहण गर्ने क्रम उत्साहजनक नदेखिएको बताए।

गण्डकी प्रदेश सभा सदस्य इन्द्रधारा विष्टले हिमाल आरोहणसँगै कोरोनाका कारण सिथिल बनेको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरे। 

नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष शेषकान्त शर्माले प्रदेशका हिमालहरुमा आरोहणका गतिविधि बढाउन प्रवद्र्धनात्मक कार्यक्रम गर्न लागिएको जानकारी दिए। 

विभिन्न पर्यटन व्यवसायी, सञ्चारकर्मीसहितको टोलीले ६ हजार १२ मिटर उचाइको धम्पुस पिक आरोहण गर्न लागेको बताउँदै उनले यस कार्यक्रमले प्रदेशमा हिमाल आरोहणको गतिलाई अघि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे। 

पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पर्यटन मुलुकको आर्थिक उन्नतिको आधार भएको बताउँदै सरकारले सुरु गरेको व्यवसाय प्रवद्र्धन कोष अविलम्व कार्यान्वयन हुनुपर्नेमा जोड दिए। 

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश प्रमुख काशिराज भण्डारीले हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धनमा सबैको साथ र सहयोगको आवश्यकता पर्नेमा जोड दिए।

अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयमा आयोजित शुभकामना कार्यक्रममा मुख्यमन्त्री गुरुङ र पर्यटन मन्त्री विकास लम्सालले हिमाल आरोहणका सहभागी टोलीलाई राष्ट्रिय झन्डा, नेपाल पर्वतारोहण र नेपाल पर्यटन बोर्डको झन्डा हस्तान्तरण गरे। 

आरोहण टोली सोमबारै मुस्ताङको मार्फा पुग्ने र २ दिनमा ५ हजार मिटर उचाइको याकखर्कको फेदी हुँदै बेसक्याम पुगेर २ दिन आधारभूत तालिममा सहभागी हुने छ भने माघ ३ गते शनिबार धम्पुस आरोहण गर्ने तालिका छ।

८ दिनको उक्त आरोहण कार्यक्रमअन्तर्गत कुल २६ जनाको टोलीमध्ये २ महिलासहित ९ जना व्यवसायी र १ जना सञ्चारकर्मी गरी १० जनाले हिमाल आरोहण गर्ने कार्यक्रम तय गरिएको छ। आयोजकका अनुसार टोलीका अन्य सदस्य बेसक्यामबाट फर्किने छन्।

प्रकाशित: Jan 11, 2021| 12:22 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।