आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • जन्मदिनमा पत्रकार खड्काले गरिन् प्रतिष्ठानलाई सहयोग 

जन्मदिनमा पत्रकार खड्काले गरिन् प्रतिष्ठानलाई सहयोग 

मध्य नेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खड्काले आफ्नो जन्मदिनमा स्व. विन्दु पाण्डे स्मृति प्रतिष्ठानलाई ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरेकी छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

पर्सा– मध्य नेपाल सन्देश पत्रिकाकी सम्पादक कविता खड्काले आफ्नो जन्मदिनमा स्व. विन्दु पाण्डे स्मृति प्रतिष्ठानलाई ११ हजार १११ रुपैयाँ हस्तान्तरण गरेकी छन्। खड्काले ५ वर्षदेखि पर्साका महिलाको हितका लागि काम गरिरहेको प्रतिष्ठानलाई उक्त सहयोग गरेकी हुन्।

पर्साका महिला पत्ररकाको हितमा खर्च गर्ने गरी सहयोग गरेको उनले बताइन्। प्रतिष्ठानका अध्यक्ष तुलसी भण्डारीलाई खड्काले उक्त रकमको चेक हस्तान्तरण गरेकी छन्।

नेपाल पत्रकार महासंघ प्रदेश २ का कार्यवाहक अध्यक्ष केसी लामिछानेले व्यावसायिक पत्रकारितामा लागेका महिलाको हौसला वृद्धिमा लागिपरेको प्रतिष्ठानलाई रकम उपलब्ध गराएर पत्रकार खड्काले सराहनीय काम गरेको बताए।

पत्रकार महासंघ पर्साका सचिव युवराज खड्का, महिला पत्रकार सञ्जाल पर्साकी अध्यक्ष लक्ष्मी खरेल, महासंघकी सहसचिव निलिमा पौडेल, वीरगन्ज युवा समाजका अध्यक्ष कमल चौलागाई लगायतले खड्काको कामको प्रशंसा गरेका थिए।
 

प्रकाशित: Jan 11, 2021| 12:05 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।