काठमाडौं- बागमती प्रदेशले सुरु गर्न लागेको ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि ५६९ जना नर्स छानिएका छन्।
सोमबार प्रदेशको सामाजिक विकास मन्त्रालयले प्रकाशन गरेको नतिजाअनुसार ५६९ जना नर्स छानिएका हुन्।
गत असोजमा सामाजिक विकास मन्त्रालयले एक विद्यालय एक नर्स कार्यक्रमका लागि आवेदन माग गरेको थियो। सोहीअनुसार १ हजार २७१ जनाले आवेदन दिएका थिए।
जसमध्ये १ हजार ४५ जना लिखित परीक्षामा सहभागी भएका थिए। त्यसबाट ६०४ जना शर्टलिस्टमा परेका थिए भने अन्तवार्तापछि ५६९ जना नर्स ‘एक विद्यालय, एक नर्स’ कार्यक्रमका लागि छानिएका हुन्।