आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संसद् विघटनविरुद्ध संविधानसभा सदस्यको हस्ताक्षर अभियान

संसद् विघटनविरुद्ध संविधानसभा सदस्यको हस्ताक्षर अभियान

प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं- प्रतिनिधिसभा विघटनविरुद्ध संविधानसभा सदस्यहरुले हस्ताक्षर अभियान सुरु गरेका छन्। पहिलो र दोस्रो दुवै संविधानसभामा सदस्य बनेकाहरुलाई हस्ताक्षर गराइने बताइएको छ। 

संविधानसभा सदस्य मञ्च, नेपालले हस्ताक्षर अभियान सुरु गरेको अध्यक्ष कल्पना धमलाले जानकारी दिइन्।

‘बहुमत प्राप्त प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्ने संविधान निर्माणकर्ताहरुको विधायकी मनसाय होइन्,’ उनले भनिन्, ‘त्यही भएर हामीले हस्ताक्षर अभियान सुरु गरेका हौं।’

उनले अहिलेको कदमविरुद्ध हस्ताक्षर गर्न चाहने संविधानसभाका सदस्यहरुको हस्ताक्षर गरिने बताइन्। मञ्चले हस्ताक्षर संकलन सकिएपछि राष्ट्रपति र सभामुखलाई उक्त हस्ताक्षर बुझाउने कार्यक्रम राखेको छ। 

अभियानमा नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायत १८ जना संविधानसभाका सदस्यहरुले हस्ताक्षर गरिसकेका छन्।

प्रकाशित: Jan 11, 2021| 11:15 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।