शनिबार, असार ७, २०८२

अनुष्काले जन्माइन् छोरी

बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छन्।
 |  सोमबार, पुस २७, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

vianetvianet

एजेन्सी- बलिउड अभिनेत्री अनुष्का शर्माले छोरीलाई जन्म दिएकी छन्।

भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले ट्वीट गर्दै अनुष्काले छोरी जन्माएको र आफू पिता बनेको जानकारी दिएका छन्।

विराट–अनुष्का पिता माता बनेको समाचार भारतीय सञ्चारमाध्यमहरुले महत्वका साथ प्रकाशित गरेका छन्।

अनुष्काले मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा सोमबार दिउँसो छोरीको जन्म दिएकी हुन्। 

विराटले ट्वीटरमा लेखेका छन्, ‘आज दिउँसो हाम्री छोरी जन्मिएकी छन् यो जानकारी गराउन पाउँदा हामी दुईलाई निकै खुसी लागेको छ। तपाईँहरुको माया र शुभकामनाका लागि आभारी छौँ। अनुष्का र छोरी दुबैको स्वास्थ्य ठिक छ। जीन्दगीको यो नौलो अध्याय अनुभव गर्ने सौभाग्य पनि हामीलाई प्राप्त भएको छ जसबाट हामी निकै खुसी छौँ।’

केही दिनयता एक ज्योतिसले उनीहरुको घरमा छोरीको जन्म हुने भविष्यवाणी गरेका थिए। त्यो भविष्यवाणीको पनि निकै चर्चा भएको थियो।

अन्ततः अनुष्का र विराटको छोरी जन्मिएपछि भविष्यवाणी मिलेको भन्दै ज्योतिषको चर्चा पनि बढेको छ।

प्रकाशित: Jan 11, 2021| 10:57 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्