आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • आयोगलाई निर्वाचनसम्बन्धी काम अघि नबढाउन दाहाल–नेपाल समूहको आग्रह

आयोगलाई निर्वाचनसम्बन्धी काम अघि नबढाउन दाहाल–नेपाल समूहको आग्रह

हाल–नेपाल समूहको नेकपाले निर्वाचन आयोगलाई निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ। पार्टीले सोमबार आयोगमा निवेदन पेस गर्दै यस्तो आग्रह गरेको हो। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं – दाहाल–नेपाल समूहको नेकपाले निर्वाचन आयोगलाई निर्वाचनसँग सम्बन्धित सबै कार्यक्रम स्थगित गर्न आग्रह गरेको छ।
पार्टीले सोमबार आयोगमा निवेदन पेस गर्दै यस्तो आग्रह गरेको हो। 

संसद् विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहिररहेको अवस्थामा आयोगले निर्वाचन गतिविधि अगाडि बढाउन नहुने दाहाल–नेपाल समूहको जिकिर छ। 

समूहका तर्फबाट स्थायी कमिटी सदस्य लीलामणि पोख्रेलले दर्ता गराएको निवेदनमा उल्लेख छ, ‘सर्वोच्च अदालतको फैसला अगावै निर्वाचनसम्बन्धी गतिविधि सञ्चालन गर्नु निरर्थक, प्रयोजनहीन हुन जान्छ।’

अदालतको निर्णय आउनुअघि नै निर्वाचन आयोगजसतो निष्पक्षता, तटस्थता देखाउनुपर्ने संवैधानिक निकायले मुद्दाको विषयलाई प्रभाव पार्ने गरी कुनै कामकारबाही अगाडि बढाउनु आफैंमा न्यायसंगत नहुने निवेदनमा उल्लेख छ।

निवेदनमा लेखिएको छ, ‘सर्वोच्च अदालतबाट प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी रिट निवेदनको टुंगो नलागेसम्म निर्वाचनसम्बन्धी कुनै पनि कामकारबाही अगाडि नबढाउन गम्भीरतापूर्वक ध्यानाकर्षण गराउन चाहन्छौं।’


 

प्रकाशित: Jan 11, 2021| 10:48 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।