आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कमल थापाले भने– ओली सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु नै उपयुक्त

कमल थापाले भने– ओली सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु नै उपयुक्त

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन्।

पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा गएका थापाले पत्रकारसँग कुराकानी गर्दै प्रतिनिधिसभा विघटनको निर्णयले संवैधानिक जटिलता निम्त्याएको बताए।

‘प्रतिनिधिसभा विघटनसम्बन्धी अहिलेको संविधानमा केही अस्पष्टता छ। संविधानको व्याख्या तथा संविधानमा रहेको विवाद निरुपण गर्ने अन्तिम अधिकार सर्वोच्च अदालतलाई छ। त्यसैले अहिलेको अस्पष्टताको व्याख्या पनि सर्वोच्चले गर्नुपर्छ।’

प्रतिनिधिसभा विघटनको विषय सर्वोच्च अदालतमा विचाराधीन रहेकाले कोही कसैले पक्ष विपक्षमा जवाफ दिनु उपयुक्त नहुने उनले बताए।

पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिसँग मात्र जोडेर हेर्न नहुने उनले बताए। राष्ट्र निर्माणमा शाहको योगदान राजनीतिक व्यवस्था भन्दा धेरै माथि रहेको बताउँदै थापाले भने, ‘०६२–६३ को आन्दोलनपश्चात जुन परिवर्तनबाट देशलाई हिँडाउने प्रयास भयो, त्यो बेला पृथ्वी नारायण शाहको अवमूल्यन गरियो। उहाँको योगदानको बारेमा भ्रम सृजना गरेर इतिहासलाई कालो पोत्ने काम गरियो, शालिक भत्काइयो, तर अहिले त्यो मनस्थितिमा परिवर्तन आएको छ। मलाई त्यसमा खुशी लागेको छ।’
 

प्रकाशित: Jan 11, 2021| 10:43 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।