काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३०९ जनाको पीसीआर परीक्षण गर्दा ४८८ जनामा कोरोना पुष्टि भएको हो।
आज थपिएका सहित नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६५ हजार २६८ पुगेको छ। संक्रमण पुष्टि भएकामध्ये २ लाख ५८ हजार ९६८ जना निको भएका छन्।
पछिल्लो २४ घण्टामा ५२७ जना कोरोना मुक्त भएका छन् भने १० संक्रमितको मृत्यु भएको छ। हालसम्म कोरोना संक्रमित मृतकको संख्या १ हजार ९२७ पुगेको छ ।
सोमबार सक्रिय संक्रमितको संख्या ४ हजार ३७३ रहेको रहेको छ।