आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • विवेकशीलले गर्‍यो सांस्कृतिक भेषभूषासहित सरकारविरोधी प्रदर्शन

विवेकशीलले गर्‍यो सांस्कृतिक भेषभूषासहित सरकारविरोधी प्रदर्शन

विवेकशील पार्टीले सोमबार राजधानीमा विविध सांस्कृतिक भेषभूषासहित प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध प्रदर्शन गरेको छ। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– विवेकशील पार्टीले सोमबार राजधानीमा विविध सांस्कृतिक भेषभूषासहित प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयविरुद्ध प्रदर्शन गरेको छ। 

सरकारविरुद्ध विवेकशील पार्टीले निरन्तर प्रदर्शन गरेको सोमबार २२ औं दिन हो। 

प्रधानमन्त्री ओलीले पद र शक्तिको दुरुपयोग गर्दै असंवैधानिक तवरवाट प्रतिनिधिसभा विघटन गरेको दिनदेखि विवेकशील पार्टीले विभिन्न सिर्जनात्मक शैली प्रयोग गर्दै माइतीघर मण्डलमा प्रदर्शन गर्दै आएको छ।

प्रदर्शनमा सहभागीले ‘विविधता नै एकता हो’, ‘त्याग र  बलिदानले ल्याएको संविधान, गरौं सम्मान’, ‘असंवैधानिक संसद विघटन खारेज गर’,  ‘लोकतन्त्र मास्ने खेल बन्द गर’, लगायतका प्लेकार्ड बोकेका थिए।

प्रकाशित: Jan 11, 2021| 10:28 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।