आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान र राष्ट्रियताको रक्षा गर्न संयुक्त मोर्चा बनाऔं : जनार्दन शर्मा

संविधान र राष्ट्रियताको रक्षा गर्न संयुक्त मोर्चा बनाऔं : जनार्दन शर्मा

नेकपाको प्रचण्ड-नेपाल समूहका नेता जनार्दन शर्माले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन प्रस्ताव गरेका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

सुर्खेत- नेकपाको प्रचण्ड-नेपाल समूहका नेता जनार्दन शर्माले संविधान र राष्ट्रियताको रक्षाका लागि संयुक्त मोर्चा बनाउन प्रस्ताव गरेका छन्।

वर्तमान सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीका कारण राष्ट्रियता र संविधान खतरामा परेको भन्दै शर्माले यसको रक्षाको लागि संयुक्त मोर्चा बनाउन प्रस्ताव गरेका हुन्।

सोमबार सुर्खेतमा पत्रकारसँग कुराकानी गर्दै नेता शर्माले संविधान र राष्ट्रियता पक्षधर राजनीतिक दल, सम्पूर्ण पेशा, बर्ग, क्षेत्र, जाति तथा लैंगिक समुदायको प्रतिनिधित्व हुनेगरी संयुक्त मोर्चा बनाउनुपर्ने बताए। संयुक्त मोर्चा कम्तीमा दस वर्षे टिकाउने र सबैको प्रतिनिधित्व हुनुपर्ने प्रस्ताव उनको छ।

‘संसद विघटन गर्ने प्रधानमन्त्रीको असंवैधानिक कदमले संविधान र राष्ट्रियता खतरामा परेको छ’ शर्माले भने, ‘अब संयुक्त मोर्चा बनाएर संविधान र राष्ट्रियताको रक्षा गर्नुपर्छ।’ प्रधानमन्त्री ओलीले असंवैधानिक, विनासकारी र राष्ट्रघाती कदम चालेका कारण संविधान र राष्ट्रियता खतरामा परेको उनको जिकिर छ।

शर्माले प्रधानमन्त्री ओली र सरकारको कदमविरुद्ध संयुक्त मोर्चाले सडकबाट संघर्ष सुरु गर्नुपर्ने बताए।

सबै जाति र समुदायको योगदानका कारण संविधान र संघीयता आएको भए पनि सिमित दल र तीनका नेताले मात्रै फाइदा लिन खोज्दा उपलब्धी गुम्ने खतरा शर्माले भनाइ छ।

प्रकाशित: Jan 11, 2021| 10:26 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।