आइतबार, भदौ २१, २०८३

कोरोनाको खोप खरिद पारदर्शी हुन्छ : मन्त्री त्रिपाठी

स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोनाविरुद्धको खोप खरिद पारदर्शी रुपमा गर्ने र न्यायपूर्ण रुपमा वितरण गर्ने बताएका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयश त्रिपाठीले कोरोनाविरुद्धको खोप खरिद पारदर्शी रुपमा गर्ने र न्यायपूर्ण रुपमा वितरण गर्ने बताएका छन्।

पद बहाली भएपछि पत्रकार भेटघाट कार्यक्रममा मन्त्री त्रिपाठीले खोप अभियान आफ्नो पहिलो प्राथमिकता रहेको बताए।

अन्य देशले खोप पाउँदा नेपालीले पनि खोप पाउने उनले बताए। खोप खरिदको लागि भए जति सबै सम्भावनालाई प्रयोग गरेको र पहिलो खरिद प्रकृया जीटुजी नै हुने मन्त्री त्रिपाठीले बताए।

खोप खरिदको लागि सबैजसो कानूनी जटिलता समाप्त भएको भन्दै मन्त्री त्रिपाठीले भने, ‘ढुक्क हुनुस् खोप आउँछ, निश्चित हुनुस् खोप आउँछ।’

त्रिपाठीले आफ्नो कार्यकालमा खोप अभियान, आधारभूत अस्पताल निर्माण र कर्मचारी समायोजनलाई प्राथमिकतामा राख्ने बताए।

प्रकाशित: Jan 11, 2021| 10:10 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।