शनिबार, जेठ ९, २०८३
  • गृहपृष्ठ
  • समाज
  • संविधान रक्षाका लागि जनआन्दोलन–३ गर्नुपर्ने भयो : त्रिपाठी

संविधान रक्षाका लागि जनआन्दोलन–३ गर्नुपर्ने भयो : त्रिपाठी

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको संविधानमाथि ठूलो धोका भएको बताएका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपालको संविधानमाथि ठूलो धोका भएको बताएका छन्।

National life

‘संविधानको मर्मविपरीत प्रतिनिधिसभा विघटन र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘निरक्षर व्यक्तिलाई पनि संविधान पढेर सुनायो भने  उसले पनि विघटनको व्यवस्था छैन भनेर भन्न सक्छ। यो संविधानले प्रतिनिधिसभा विघटनको कुनै परिकल्पना नै गरेको छैन। हुँदै नभएको धारा उल्लेख गरेर विघटन संवैधानिक भन्ने काम भइरहेको छ।’

प्रधानमन्त्री केपी ओलीले उल्लेख गर्ने गरेको संविधानको धारा ७६ को कुनै पनि उपधारामा प्रतिनिधिसभा विघटनको कुरा उल्लेख नभएको उनले जिकिर गरे। ‘संविधानको रक्षा गर्ने प्रतिबद्धता गरेको व्यक्तिबाटै आज संंविधान च्यात्ने काम भएको छ। केपी शर्मा ओलीको मात्रै योजना होइन यो, योजनावद्ध रूपमा गरिएको काम हो। चलखेल भएको छ नेपालमा,’ उनले भने।

संसद नै नभएपछि प्रधानमन्त्रीको पनि वैधानिकता बाँकी नरहेको उनले बताए।  ‘उहाँ कुन धारा अन्तर्गत प्रधानमन्त्री हुनुभयो ? कुन धारा अन्तर्गत मन्त्रीपरिषद पुनर्गठन गर्नुभयो ? कुनै धारा उल्लेख नगरेर भोलि प्रधानमन्त्रीले सिफारिस गरे के उहाँलाई महाराजधिराज घोषणा गर्दिए हुन्छ ? भोलि प्रधानमन्त्री प्रधान न्यायाधीश हुनुभयो भनिदिने बितिक्कै के हुन्छ ? त्रिपाठीले प्रश्न गरे।

केपी ओली प्रधानमन्त्री हुने मानिस नै नभएको उनले तर्क गरे। भने, ‘उहाँको भाषा, शब्द हेर्दा प्रधानमन्त्री हुने मानिस नै होइन जस्तो लाग्छ। अहिले उहाँले राजनीतिक कदम हो भन्न थाल्नुभएको छ। उहाँको पार्टीभित्र काम गर्न दियो कि दिएन भन्ने कुरो संविधानले चिन्दैन, बुझ्दैन। उहाँसँग दुई तिहाइ बहुमत हुँदा अर्को चुनाव किन ? के उहाँले अब एक तिहाइ बहुमत चाहियो भनेर जाने हो ?’

Shivam cement

अहिले निर्वाचन गराउन संसद विघटन नभएको उनको दाबी थियो। उनले भने, ‘कपटपूर्ण तरिकाले गरिएको अहिलेको कदम चुनाव गराउने योजना नै होइन। मुसर्रफजस्तो चुनाव उहाँले गर्न सक्नुहुन्छ। जताततै आफ्नै मानिस भर्ना गर्नुभएको छ। संविधानको रक्षाका लागि जनआन्दोलन ३ गर्नुपर्ने बेला आएको छ। प्रधानमन्त्रीले भन्न मिल्छ सर्वोच्चमा यस्तो इजलास चाहिन्छ भनेर ? यो मुलुकमा अनर्थ हुँदैछ। बाहिर हेर्दा कमेडियन जस्तो देखिनु हुन्छ तर भित्रबाट एकदम क्रुर हुनुहुन्छ।’

वरिष्ठ अधिवक्ता त्रिपाठी संविधानसभा सदस्य मञ्च नेपालले सोमबार राजधानीमा आयोजना गरेको ‘प्रतिनिधिसभा विघटन र अबको निकास’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै थिए।

प्रकाशित: Jan 11, 2021| 09:04 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।