आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रधानमन्त्रीज्यू! आउनुस् तपाईं पनि बहस गर्न इजलासमा : शम्भु थापा

प्रधानमन्त्रीज्यू! आउनुस् तपाईं पनि बहस गर्न इजलासमा : शम्भु थापा

विचार सकिएपछि मानिसले आत्महत्या गर्छ रे। त्यसैले त भनिन्न, मानिसले मसलले मात्र जित्दैन। संविधानमा ससद् विघटन गर्ने कुनै प्रावधान नै छैन। 
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

विचार सकिएपछि मानिसले आत्महत्या गर्छ रे। त्यसैले त भनिन्न, मानिसले मसलले मात्र जित्दैन। संविधानमा ससद् विघटन गर्ने कुनै प्रावधान नै छैन। 

केपी शर्मा ओली संविधानको धारा ७६ (१) अनुसार बनेका हुन् या धारा ७६ (२) अनुसार? यो सरकारले एक दलले बनाएको होइन। उनी दुई दलको समर्थनमा प्रधानमन्त्री बनेका हुन्। त्यसैले उनी ७६ (२) अन्तर्गत प्रधानमन्त्री बनेका हुन्। 

राष्ट्रपतिबाट पनि ७६ (१) अन्तर्गत बनेको भनेर लेखिएको छ। राराष्ट्रपतिले संसद् विघटन प्रस्ताव स्वीकार वा अस्वीकार गर्ने भन्ने कुरो कहाँ लेखेको छ र संविधानमा?

प्रधानमन्त्रीले शीतल निवासमा के पठाए भन्ने कुरो हुँदैन। राष्ट्रपतिबाट के लेखियो भन्ने भन्ने महत्त्वपूर्ण हुन्छ।  संविधानमा कहाँ लेखिएको छ संसद् विघटन गर्न पाइने भनेर, देखाउनुपर्‍यो नि।

त्यसैले यो संसद्को विघटन होइन संविधानको  विघटन हो। प्रधानमन्त्रीले इजलास नै तोक्न थाल्न लाग्नुभयो कि? जब कि यो मुद्दा हामीले पूर्ण बहत् इजलासबाट हेर्नुपर्छ भनेर माग गरिरहेका छौं। प्रधानमन्त्रीज्यू आउनुस् तपाईं पनि बहस गर्न इजलासमा। 

प्रधानमन्त्रीले जे पनि बोल्न पाउँदा रहेछ्न्।  पूर्वप्रधानन्यायाधीशलाई प्रधानमन्त्रीले कस्तो शब्द प्रयोग गर्नुभयो? ती प्रधानन्यायाधीशले नै शाही आयोग खारेज गरे। बन्दी रिहा गरे।

अहिलेको मुद्दामा पनि सर्वोच्चका न्यायाधीशले संविधान हेरेर नै  फैसला गर्ने होला, बाहिरबाट त होइन।

देशलाई विभाजन गर्न खोजिँदै छ। मानिसहरू समूह उठाएर व्यक्तिको पछि लाउने काम भइरहेको छ।

तर संविधान कुनै पनि हालतमा मर्दैन। प्रधानमन्त्रीको पार्टीमा के भयो भन्ने हाम्रो मतलब छैन। पहिले कानुनी अपिल गर, प्रतिनिधिसभालाई नभनीकन जनतामा जान सकिन्न। 

(संविधानसभा सदस्य मञ्च नेपालले सोमबार राजधानीमा आयोजना गरेको ‘प्रतिनिधिसभा विघटन र अबको निकास’ विषयक अन्तरक्रियामा वरिष्ठ अधिवक्ता थापाले व्यक्त गरेको विचार)

प्रकाशित: Jan 11, 2021| 09:00 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।