आइतबार, भदौ २१, २०८३
  • गृहपृष्ठ
  • समाज
  • महासचिव पौडेल भन्छन्– अदालतको निर्णयको सम्मान गर्छौं 

महासचिव पौडेल भन्छन्– अदालतको निर्णयको सम्मान गर्छौं 

नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले संसद् विघटनाका सम्बन्धमा अदालतले गर्ने निर्णय सरकारले सम्मान गर्ने बताएका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं– नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले संसद् विघटनाका सम्बन्धमा अदालतले गर्ने निर्णय सरकारले सम्मान गर्ने बताएका छन्।

अर्थमन्त्रीसमेत रहेका पौडेलले राष्ट्रिय सहकारी महासंघको २८औं वार्षिक साधारणसभामा सम्बोधन गर्दै अदालतबाट जस्तोसुकै निर्णय आए पनि सम्मान गर्ने बताएका हुन्। 

त्यस्तै उनले ताजा जनादेशका निम्ति देश चुनावमा गइसकेको बताउँदै यसमा कुनै शंका नगर्न आग्रहसमेत गरे। 

उनले भने, ‘अब देश ताजा जनादेशमा गइसकेको छ, चुनाव हुन्छ  संविधान बनाएको व्यक्तिको हैसियतमा मैले यसो भनिरहेको छु।’ 

कार्यक्रममा उनले सहकारी क्षेत्रले अझै पनि गुनासो गरिरहने हो भने सहकारी आन्दोलन शक्तिशाली हुन नसक्ने बताए।

उनले भने, ‘तपाईंहरू संस्थागत रुपमा गुनासो बोकेर आउनुहोस्, खुलेर कुरा गरांै र समास्या समाधान गरौं।’ 

प्रकाशित: Jan 11, 2021| 06:44 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।