आइतबार, भदौ २१, २०८३

ओली समूहको केन्द्रीय कमिटी एक हजार ५०१ सदस्यीय

प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक एक हजार ५०१ सदस्यीय रहेको प्रष्ट्याएका छन्।
 |  सोमबार, पुस २७, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, पुस २७, २०७७

काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले केन्द्रीय कमिटी बैठक एक हजार ५०१ सदस्यीय रहेको प्रष्ट्याएका छन्।

नेकपाको अन्तरिम विधान संशोधन गरेर केन्द्रीय कमिटी एक हजार ५०१ को पुर्‍याइएको उनले जारी गरेको अन्तरपार्टी निर्देशनमा उल्लेख छ। 

पुस ५ गते प्रतिनिधिसभा विघटन भएपछि पुस ७ देखि ९ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले मनोनीत केन्द्रीय कमिटीका सदस्यहरूलाई अनुमोदन गर्ने निर्णय गरेको थियो।

नेकपा एकता हुँदा ४४१ सदस्यीय कमिटीको थियो, त्यसमा चारजना पछि थपिएका थिए। 

तीनजनाको मृत्यु भएको थियो। आठजना राजकीय जिम्मेवारीमा छन्। 

९ पुसमा सम्पन्न भएको बैठकले केन्द्रीय कमिटी सदस्यको संख्या एक हजार १९९ सदस्यीय पुर्‍याउने निर्णय गरेको जानकारी दिइएको थियो।

ओलीले पुस २२ गते अन्तरपार्टी निर्देशन जारी गर्दै पार्टीभित्र उत्पन्न भएको विवाद र संसद विघटन गर्नुको कारणसमेत प्रष्ट पारेका छन्।

प्रकाशित: Jan 11, 2021| 05:53 सोमबार, पुस २७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।