शनिबार, कात्तिक २९, २०८२

भैरहवामा ‘शम्भुजित बास्कोटा साँझ’

गायक तथा संगीतकार शम्भुजित बास्कोटासहितको सांगीतिक टोली भैरहवा पुगेको छ। 
 |  शुक्रबार, पुस २४, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २४, २०७७

भैरहवा- गायक तथा संगीतकार शम्भुजित बास्कोटासहितको सांगीतिक टोली भैरहवा पुगेको छ। 

National life

जेसीआई सिद्धार्थ लेडीको संयोजनमा हुन गइरहेको ‘शम्भुजित बास्कोटा साँझ’का लागि टोली भैरहवा पुगेको हो।  

आज बिहान गरिएको पत्रकार सम्मेलनमा संगीतकार बास्कोटाले भने, ‘जेसीआई सिद्धार्थ लेडीको संयोजन र हाम्रो टिमको प्रस्तुतिमा आज साँझ होटल पौवामा कार्यक्रम हुँदैछ।’

कार्यक्रममा बास्कोटासहित विश्व नेपाली, सन्जय सुब्बा, रमेश पाठक, प्राथना शाक्य, निशा देसार, मन्जु थापा, सविना श्रेष्ठको गायन र बिनु शाक्यको नृत्य रहने टिम लिडर नरेन्द्र खड्काले बताए।

प्रकाशित: Jan 08, 2021| 07:35 शुक्रबार, पुस २४, २०७७
प्रतिक्रिया दिनुहोस्